16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

काँक्राले मुल्य नपाउदा बाँसगढीका किसान चिन्तित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७  

रावन विश्वकर्मा, बाँसगढी

लकडाउन अथार्त बन्दबन्दीले गर्दा काँक्राले मुल्य नपाउदा बाँसगढीका किसान चिन्तित बनेका छन् । बर्दिया बाँसगढी ८ भैसासुरका किसानले खेतमा लटरम्मै काँक्रा फलाए पनि मुल्य नपाउदा चिन्तित छन् । बन्दाबन्दीले गर्दा हाट बजार सँगै सबै बजारहरु ठप्प हुदा किसानले लगाएको काँक्रा बोटमै सुक्न थाले पछि सस्तो मुल्यमा काँक्रा बेच्न बाध्य छन् । दुःख र मेहनतले फलाएको काँक्रा बारीमै कुहिने होकी भन्ने चिन्ताले सस्तो मुल्यमा बिक्रि गर्दा पनि विक्रि हुने अबस्था नरहेको किसानहरुको दुखेसो छ ।

बाँसगढी ८ भैसासुरका किसान गुरीलाल चौधरीले झण्डै २ बिगाह जग्गामा काँक्रा खेती गरेका छन् । अघिल्लो बर्षहरुमा काँक्रा खेतीबाट मनग्य आम्दानी गरेका उनको यस बर्षको लगानी बालुवामा पानी जस्तै भयो । खेतमा काँक्रा अघिल्लो बर्ष भन्दा धेरै फलाए तर उचित मुल्य नपाउदा निरास भएको गुरीलालको भनाई छ ।

मैले काँक्रा खेतीमा झण्डै डेर लाख लगानी गरेको छु उनले भने– तर बन्दाबन्दीले गर्दा सबै क्षेत्र बन्द रहेको अबस्थामा काँक्रा विक्रि नहुदा लगानी पनि गुम्ने होकी भन्ने चिन्ता छ । काँक्रा बारीमै सुकेर कुहिनु भन्दा प्रति किलोको १० रुपैया र थोकमा उठाउनेलाई ७ देखि ८ रुपैयामा दिने गरेको उनले बताए । काँक्रा सस्तो पाए पछि थोर धेरै विक्रि हुन थाले पनि दुःख र मेहनत पनि खेरै जाने होकी भन्ने चिन्ता पनि उतिकै छ । बाँसगढी भैसासुर कै अर्का किसान दासुराम चौधरीको पिडा पनि उस्तै छ ।

डेर विगाहा जग्गामा उनले पनि व्यवसायिक रुपमा काँक्रा खेती गरेका छन् । उनका बारीमा पनि अहिले काँक्रा लोभ लाग्दो गरी लटरम्मै फलेका छन् । खेतमा झण्डै ७ सय कुईन्टल बढी काँक्रा फलेको उनको अनुमान छ । लगानी, दुःख र मेहनत अनुसार काँक्राको मुल्य नपाउदा उनी पनि निरास छन् । उनी भन्छ्न लामो समयको लकडाउन अथार्त बन्दाबन्दीले गर्दा सारै समस्या छ, गरिब किसान हामी यता उता गर्दा पनि केही उपाय लाग्दैन् स्थानिय सरकारले नै बारीबाटै काँक्रा उठाउने व्यवस्था मिलाईए हामी किसानलाई कति राहत हुन्थ्यो ।

उनले किलोको १० रुपैयामा काँक्रा दिए पनि विक्रि हुने अबस्था नरहेको गुनासो गरे । भैसासुरका स्थानिय तथा समाजसेबी श्रीकृष्ट देवकोटाले लकडाउनले गर्दा काँक्रा खेती गरेका किसान अहिले निकै समस्यामा रहेको बताए । स्थानिय समाजसेबी र अगुवाहरुले कम मुल्य मै भएपनि काँक्रा विक्रि गर्नको लागि सबै ठाँउहरुमा पहल गरिरहेको उनले बताए । समाजसेबी देवकोटाले स्थानिय सरकार, प्रदेस सरकारका कृषि मन्त्रि आरती पौडेललाई समेत किसानहरुका समस्या सुनाएको बताए ।

प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७     7:04:36 PM  |