काठमाडौं।
शुक्रबार मध्यरातिको भूकम्पमा मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।
प्रहरीले दिएको जानकारी अनुसार रुकुम पश्चिममा थप १४ जनाको शव भेटिएपछि मृतकको संख्या डेढ सयमाथि पुगेको हो। घटनामा मृत्यु हुने १ सय ५७ जना पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ। त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो। त्यस्तै भूकम्पमा परेर १ सय ९७ जना घाइते भएका छन्। रोल्पा, दैलेख र बैतडीमा पनि भूकम्पबाट घाइते भएका छन्।
घाइतेहरुको नेपालगञ्ज र सुर्खेतमा उपचार भइरहेको छ। ७ जनालाई भने काठमाडौं उपचारको लागि ल्याइएको छ।
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार









प्रतिक्रिया दिनुहोस्