कोहलपुर (बाँके) ।
कोहलपुर जेसीज वर्ष–२०२५ का लागि अध्यक्षमा जेसी दिपेन्द्र कठायत सर्वसम्मत रूपमा चयन भएका छन् । सोमबार सम्पन्न कोहलपुर जेसीजको १७औँ वार्षिक साधारण सभा र १६औँ शाखा अधिवेशनबाट कठायत अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् ।
अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षहरूमा जेसी मदन भण्डारी र जेसी वीरेन्द्र बम ठकुरीलाई चयन भएका छन् । यस्तै उपाध्यक्षहरूमा जेसी यामु कँडेल, जेसी सुमित्रा बराल, जेसी अशोक गौडेल र जेसी विजय चौधरी चयन भएका छन् । यस्तै, कोहलपुर जुनियर जेसीज वर्ष–२०२५ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।
सोमबार नै सम्पन्न नवौँ साधारण सभा तथा सातौँ शाखा अधिवेशनले प्रख्यात लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको कार्यकारिणी उपाध्यक्ष डिब्लब बराइली र उपाध्यक्षहरूमा सौजन पोख्रेल, दीपा सुनार, हिरालाल राना र अनेश थारू चयन भएका हुन् ।
कोहलपुर जेसीजको १७औँ वार्षिक साधारण सभा र १६औँ शाखा अधिवेशन कोहलपुर जुनियर जेसीजको पनि नवौँ साधारण सभा तथा सातौँ शाखा अधिवेशनको संयुक्त रूपमा नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय कोषाध्यक्ष जेसीआई सिनेटर रामप्रसाद पाण्डेले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रका प्रमुख अतिथिसमेत रहेका कोषाध्यक्ष पाण्डेले जेसीज एक सेवामूलक संस्था भएको बताए । उनका अनुसार जेसीजले विश्वभर भाइचारा र शान्तिका लागि काम गर्दै आएको छ ।
कोहलपुर जेसीज र कोहलपुर जुनियर जेसीजले समेत स्वयम्सेवामा आफूलाई समर्पित गर्दै आएको उनले बताए । कोहलपुर जेसीज वर्ष–२०२४ का अध्यक्ष राज पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्