सुर्खेत ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा २३ यात्रु बोकेको हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी सोमबार राति दुर्घटना भएको हो ।
दुर्घटनापछि च्यापिएर घाइते चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ सिंहासैनका २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील दाहालले जानकारी दिए ।
स्थानीयका अनुसार प्रकाश गाडीको बाहिर झ्यालमा झुन्डिएर यात्रा गरेका थिए । सडकमा गाडी पल्टिँदा उनलाई गाडी थिचेको थियो । भित्र बसेका सबै सकुशल रहेका बताइएको छ । उकालोमा टायर चिप्लिएर गाडी दुर्घटना भएको डीएसपी दाहालले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ असोज २३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्