19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

वडा सदस्यमै पराजित भए निवर्तमान गाउँपालिकाका अध्यक्ष

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३, २०७९  

सुर्खेत ।

बराहताल गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । वडा नम्बर ८ मा कांग्रेसबाट वडा सदस्यको उम्मेदवार बनेका बस्नेत पराजित भएका छन् ।

खुल्ला सदस्यको उम्मेदवार रहेका बस्नेतले पाँच सय ३९ मत ल्याएका छन् । खुल्ला सदस्यमा नेकपा एमालेका प्रेमराज लिम्बुले पाँच सय ९१ मत तथा छविलाल शर्मा जैसीले पाँच सय ७८ मत ल्याएर बस्नेतलाई हराएका हुन् ।

उक्त वडामा एमालेको वडा अध्यक्ष सहित तीन सदस्यका उम्मेदवार विजयी भएका छन् । सो वडामा काँग्रेसको एक जना मात्र महिला सदस्य विजयी भएका छन् । निवर्तमान अध्यक्ष बस्नेत जिल्ला समन्वय समितिको प्रमुखमा जाने लक्ष्यका साथ वडामा उम्मेदवारी दिएका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३, २०७९     11:26:59 AM  |