‘खेलाडी उत्पादनमा जोड दिनुपर्छ’



सुर्खेत,कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले खेलकुदको विकासका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा वीरेन्द्रनगरमा आयोजित खेलकुद पत्रकार अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले पूर्वाधार विकासले मात्रै खेल क्षेत्र अघि नबढ्ने भन्दै खेलाडी उत्पादनलाई पनि जोडदिनु पर्ने बताए ।


प्रदेश सरकार नयाँ बजेट निर्माणको क्रममा रहेकाले खेलकुदको क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा समेटिने उनको भनाइ छ । सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले खेल क्षेत्रको विकासमा सञ्चार क्षेत्रको पनि भूमिका महŒवपूर्ण रहेको उल्लेख गरे । कर्णाली प्रदेश खेलकुद विकास परिषद् गठनपछि महŒवपूर्ण खेलकुदसम्बन्धी महŒवपूर्ण गतिविधि भएगरेका उनको भनाइ छ । ‘परिषद् हाल रचनात्मक काममा अघि बढेको छ,’ मन्त्री विष्टले भने, ‘प्रदेश सरकार पनि आवश्यक सहयोग गर्न प्रतिबद्घ छ ।’
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जयालले खेलकुदको क्षेत्रमा समेत कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार