3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

बाँकेको गाभरमा मोटरसाइकल ठोक्किदा चार जना घाइते, दुई गम्भीर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८  

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका, १ गाभरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदाँ चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार राती कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे ८ प ६९५६ नम्बर र भे ८ प ११२४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार चार जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

घाइते हुनेमा भे ८ प ६९५६ नम्बरको मोटरसाइकलमा सवार बर्दिया बाँसगढीका दुर्गा जैशी र मोहन देवकोटा तथा भे ८ प ११२४ नम्बरको मोटरसाइकलमा सवार भारत घर भएका अमिर खाँन र उनकी श्रीमती सोनु शेष रहेका छन् ।

जैशी र खाँनको अवस्था गम्भीर रहेपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ । सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८     12:00:00 PM  |