कोहलपुर,०१ फागुन/ महान जनयुद्धको वर्षगाँठको अवसरमा मंगलबार नेपालगन्जमा सरसफाई कार्यक्रम गरिएको छ ।
नेकपा माओवादी केन्द्र नगर समिति नेपालगन्जको आयोजनामा मंगलबार नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ स्थित बौद्धगुम्ब परिसरदेखि सेतुविक चोकसम्म सरसफाई गरिएको नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष जुम्मन खाँनले बताए ।
महान जनयुद्धको २३ औं वर्षगाँठ सरसफाई कार्यक्रम गरी मनाउन लागेको नेकपा माओवादी केन्द्र नगर समिति नेपालगन्जका अध्यक्ष गोपाल प्रसाद पुनले जानकारी गराए ।
“संसारका मजदुर एक जुट हांै” भन्ने मुल नाराका साथ सुरु गरिएको सरसफाई कार्यक्रममा नेकपा माओवादीका नेता कार्यकर्ता तथा स्थानीय स्वयमसेवक, वुद्धिजीवि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै कोहलपुरमा पनि जनयुद्धकै वर्षगाँठको अवसरमा नगर स्तरीय फुटबल प्रतियोगिता समेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्