स्मरणीय जुङ्गार यात्रा



  • एकराज शर्मा

प्रात स्मरणीय छ रोल्पा जिल्लाको जुङ्गार यात्रा । जीवनको २० औं वर्ष तत्कालिन रुकुम जिल्लाको खोलागाउं गा.वि.स. वडा नं ( ७ सनाखोलामा विताएँ । जहाँ म जन्मेको थिएँ । हाल बांकेको कोहलपुरमा बस्दै आएको छु । वि सं २०६८ सालदेखि बांकेको कोहलपुरमा अवस्थित चर्चित तथा पुरानो सामुायिक क्याम्पसमा प्राध्यापन गर्न सुरु गरेको हुं । उक्त क्याम्पस हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा छ । हालसम्म पनि म यसै क्याम्पसमा प्राध्यापन छु । २०७२ सालको कुरा हो त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षामा पर्यवेक्षकका रुपमा रोल्पा जिल्लाको पश्चिम भेगमा रहेको निकै र्चिर्चत रमणीय ठाउं जुङ्गारमा अवस्थित नवनेपाल क्याम्पसमा पठायो । २०७२ बैशाख २० गते पर्यवेक्षकको नियुक्ति बुझें र वि. सं २०७२ साल बैशाख २१ गते मेरो यात्रा सुरु भयो रमणीय ठाउं जुङ्गारका लागि ।
घरमा कुनै सरसल्लाह थिएन । सांझपख मैले घरपरिवारमा जानकारी गराएँ । रोल्पा त्यो पनि पश्चिम रोल्पा भन्ने वितिकै खासै इच्छा नभएको महसुस गरेको थिए । २२ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुनु थियो । रोल्पा जाने गाडीको टिकेटको जिम्मा दाजुलाई दिएको थिएँ । दाजुले २१ गते विहानको टिकेट लिनु भएको थियो । संयोगवश २१ गते राति मेघगर्जन सहित पानी परेको थियो । भोलिपल्ट रोल्पा जानु छ त्यो पनि द्धन्द्धकालिन समयको उदगम स्थल । नयां ठाउं तथा नयां अनुभव हुने पक्का थियो । त्यसमा पनि रातभरीको मुशलधारे पानी निद्रा लाग्ने त कुरै भएन । विहान ४ वजे उठेर आफ्नो नित्यकर्म सकेर आमा बाबाको आर्शिवाद सहित परिवारसंग विदा मागें ।
ठिक ६ बजेको गाडीको टिकट थियो । दाजु र बाबा र जीवन संगिनी सहित हामी कोहलपुरको चपरगौडीम रहेको टिकट काउन्टरमा पुग्यांै । पानी निकै परिरहेको थियो । गाडी चलेका थिएननन् । ६ स्३० सम्म गाडी आएन ।
काउन्टरको कर्मचारीका अनुसार हाम्रो गाडीले नं मिस ग¥यो रे । ‘भिषण पानीको कारण आज त गाडी जांदैन रे । हजुरको पैसा फिर्ता लैजानु ल ।’ काउन्टरको कर्मचारी भने । भालिको परीक्षा आज अझैै कोहपुरमा कति गाहे भयो होला ? एकछिन् त समस्या पो पर्छ कि ? जस्तो पो भयो । न त हिडेर जान सकिने ठाउं छ, न त अरु कुनै उपाय नै । भिषण पानी रोकिने पनि संम्भावना देखिएको थिएन । विहलताको छलफल चलिरहेको थियो । एउटा गाडी दाङ्ग तुल्सीपुर भन्दै आयो । जसमा मात्र ५ जना सवारी थिए । मैले त्यसैमा जाने निधो गरे र गएका अग्रज संग विदा लिदै गाडिमा चढें । मनमा अनेकौ कुराहरुले ठाउं पाए । कस्तो ठाउं होला ? कस्ता मान्छे होलान ? के होला ? कतिबजे पुगिएला ? र आज पुगिएला कि नाई ?

हुन त म पहाडमा जन्मेर हुर्केको मान्छे मलाई पहाड भन्ने वितिकै अनौठो अहिले नी लाग्दछ । त्यसबेला नि नलागेको भने हाईन । त्यसमा पनि प्रमुख कुरा त आज रोल्पाको जुङ्गार पुगिन्छ कि नाई ? मेरो मनमा अनेकौ प्रश्न र कौतुहलता उब्जिएको थियो । हामी कोहलपुर देखि १६ किलो मिटर टाढा शंशेरगञ्ज पुगेका मात्र के थियौं झन् झन भिषण पानि र वर्षातले आंखा देख्न गाहे भयो । चालकले गाडी चलाउन नसक्ने भनेर गाडी रोकेको थियो । उसले भन्यो कि यात्रुकम छन जान वा नजाने दाधार पर्यो सर के गरुम भन्न समेत सुरु गर्यो । मलाई झन झन मनमा कुराहरु खेल्न थाले । दिमागमा अनेकौ पिर, मर्का पर्न थाल्यो । के भयो , किन काम आंटियो होला त्यो पनि पहिलो पटकको जिम्मेवारी हो कसो गरि आज उक्त ठाउंमा पुगेर आफनो जिम्मेवारी सम्हाल्ने ? जस्ता प्रश्नले मेरो मनमा छिया छिया पारेको थियो ।

म लगायत अन्ने ५जना संग उसले नजाने निर्णय गरेको खबर उसले के सुनाएको थियो । म त बोल्न नै पाईन तर उक्त गाडीमा चढेका ५ जनाले उसलाई निकै कराएका थिए । त्यसपछि गाडी जाने निर्णय गर्यो । भिषण पानिका बाबजुत पनि चालकले गाडी सञ्चालन गरे । यतिबेला सम्म विहानाको १० बजीसकेको थियो । गाडी रफ्तारमा गुरडरहेको थियो , पानि भिषण परिरहेको थियो तर मेरोमनमा अनेकौ कुराहरुले खेल खेलिरहेका थिए । बाटो त हरियालि, मनोरम दृश्य, चिप्लो थियो । बिच बिचमा भएका खोलाहरुमा पानिले आफलो गतिलो बैश जोवनलाई देखाई रहेका थिए । अन्ने यात्रुहरु त दाङ्गको तुल्सीपुर सम्मको मात्र यात्रा थियो तर त्यसमा पनि १ जना भने सल्यानको तत्कालिन सितलपाटी हालको श्रीनगर जाने रहेछन । उनी मेरो सिटमा बसेका थिए । मैले सोधे दाजुतपाई कहां जाने हो ? उनले उत्तर दिए म जाना त श्रीनगर जाने हो गाडी पाएपछि नगए आजको दिन तुल्सीपुर बस्नुपर्ला ।
यहि उत्तर संग मैले सोधे दाजु रोल्पाको जुङ्गार कता पर्छ ? कुन ठाउं देखि जान्छ ? कति टाढा छ ? यहांबाट कति समय लाग्दछ हजुरलाई थाह छ ? यो जिज्ञासामा उनले उत्तर दिए कि हो हो मलाई थाह छ । त्याहां जानलाई दुईवटा बाटो छन् । एउटा घोराहीबाट होल्लेरी हुदै त अर्काे सल्यानको कपुरकोट हुदै । यी दुवैमध्ये कपुरकोटको बाट जानोस । अनि मैले सोधे पानि परिरहेको छ बाटो कस्तो होला ? गाडी कुन ठाउंबाट चढ्ने होला ? पाउला कि नाई ? उनले भने म त धेरै वर्ष अगाडी गएको हुं यदि गाडी पाईएपछि कपुरकोट सम्म म नि जान्छु । अनि सिकाइ दिउला । उनले सोधे कि हजुरको घर कहां हो ? किन जाने हो किन चिन्तित हुनुभाको छ ?
मैले आफनो सबै विवरण भने उनि आत्तिएर भने जटिलकाममा जान लाग्नु भएछ । मौसमले साथ दिएको छैन सर तर नआतिनु भैहाल्छ । सान्तोना दिने प्रयास गरे मेरोमन केहि हल्का त भयो अनि केहि विवरण र आईडिया नी आयो । यति कुरा गर्दा हामी दाङ्गको तुल्सीपुरमा पुगिसकेका थियौं । गाडीले हामीलाई तुल्सीपुरको वि. पी. चोकमा झारीदियो । सबै आ आफनो ठांउमा लागे । ठिक त्यसैबेला रुकुमको झुलनेटाको लागि गाडी आयो । हामी दुबैजना त्यसमा चढ्यौं । अभैm नि पानि रोकिएको थिएन तर केहि कम भने भएको थियो । कामी अन्ने गफ गाफ गर्दैं चिनजान गर्दै गयौं । मलाई अलि तनाव कम भयो तर कपुरकोट नजिक आईसकेको थियो । त्यसबेला सम्म खानाको सुरसार थिएन । हामी १ बेजे कपुरकोट पुग्यौं । उक्तगाडीले आफना यात्रुलाई नास्ता खुवायो । म नि गए तर नास्ताको नाममा चना, अन्डा, चाउमिन, टिकिया मात्र थियो । मलाई खाना नै मन लागेन । ती परिचित दाजुले खाना खाए । विहान पकाएको चिसो खाना खाएर आई भने सर हजुरले नखाएको ठिक भो चिसो नमिठो खाना रहेछ ।
कपुरकोटको हरियाली जङ्गल, सर्र चल्ने हावा, मनोरम दृश्य, कलकलाउदो पानि तथा त्यहांको बजार तरकारीपमा नेपालकै प्रख्यात ठाउं हो । तरकारी देख्दा त्यो पनि बैशाख जेठमा मनलोभिने थियो । गाडीमा संगै गएका दाजुले एउटा पसमा सोधे जुङ्गारको लागि गाडी गयो । पसलेले जवाफ दियो खोई अन्तिम गाडी गयो कि याद भएन । यो भनेपछि उनले भने सर जानुेला मेरो गाडी जान लाग्यो । गाडी आए जानुहोला नात्र आज यतै बसेर विहानाको पहिलो गाडीमा जानुहोला परीक्षा दिउसो १२ बजेदेखि रहेछ भेटाईन्छ भनेर विदा मागे र साहुजीलाई भने सर मेरो आफन्त हो । गाडी आए चढाई दिनु नात्र आजको दिन रामे संग बसालेर भोलि विहानै गाडीमा चढाईदिनु
उनको यो सहयोगी पनको मैले कति कति तारिफ गरु साध्य नै छैन त्यति सहयोगि मान्छे त आज सम्म मैले दखेको नि छैन । म टोलाएर बसिरहेको थिए । साहुजी आफनो काममा ब्यस्त थिए । बिच बिचमा भन्ने गर्थे सर यस्तै हो पहाडको ठाउ काम नगरी खाना पाईदैन । उमेरमा पढ्न सकिएन । नआतिनु अब यहांबाट त ३घण्टामा जुङ्गार पुगिन्छ । विहानै गाडी आउंछ जानुहोला । उनले यो सम्झाई रहदा कपुरकाट त अपरिचित ठाउं होईन । धेरै पटक हिडेको खाएको तथा बसेको । मनमा अनेकौ कौतुहलता आएपनि त्याहांको रमणीय पन र तरकारी देख्दा मन लोभिएको थियो ।
भाग्य भनौ वा संयोग भनौ अन्तिम गाडी त्यो दिन पानिको कारण गएको रहेनछ हर्न बजायो । साहुजीले भने सर आज गाडी गएको रहेनछ आयो तयारी हुनु । मैले त्यस होटेलमा नास्ता खाएको थिए । पैसा निकाल्दै थिए गाडी आयो । साहुले साधे १ जना सर हुनुहुन्छ जुङ्गार जाने उहांलाई कृहि थाह छैन । गाडीवालाले ठाउं छैन भन्दै थिए मैले नास्ताको पैसादिदै थिए । तर गाडी हिडि सक्यो । साहु निकै रिसाए र आफनो मोटरसाईकल निकालेर उकालो चढाए । हिलो र उकालो थियो तर पनि उनिले मेरोलागी छिटो छिटो गाडीलाई भेटाए र भने सर को हो , के कामको लागी जान लाग्नु भाको छ नसोधेर गाडी हिडाल्ने भनेर गाली गर्दै मलाई चढाए नास्ताको पैसानि लिएनान् ।

अब मलाई ढुक्क भो कि आज नवनेपाल क्याम्पस रोल्पा जुङ्गार पुगिने भो । म संग क्याम्पसका कस्ौको नि सम्पर्क नं थिएन । गाडी त चढियो । त्यो पनि सानो जीप थियो । गाडीमा कोचाकोच मान्छेहरु थिए । कुनबेला के हुने भन्ने ठेगान थिएन । पहाडको बाटो,पनि पानि परेको चिप्लो त्यसमा झन त सानो थोत्रो गाडी कता कता डर छ तर नि गन्तब्यमा पुगिने आशाले मन रमाएको नि छ । झन्डै डेढ घण्टा हिडेका थियौ घनघोर निकै डरलाग्दो बाटोमा गाडीको चक्का फुत्कियो । अरु त बानी परिसकेका रहेछन डराएनान तर म निकै डराए । धेरै निकै कठिनका बाफजुत सबै यात्रु लागेर गाडी निकालियो । त्यहि बिचमा मैले एकजना संग क्याम्पस प्रमुखको माबाईल नं. मागेको थिए । त्यहिबाट मैले उहांलाई फोन लगाए रिसिभ भो उहांको घर दाङ्गको घोराहीमा रहेछ । बाईकमा विहानै आउने र मलाई बस्नका लागी स्टाफ होटेलमा कुरा भैसकेको जानकारी गराउंनु भयो । म अझै ढुक्क भए ।
गाडी हिड्यो हामी नजिक नजिक पुगेका थियौ । बाटोमा त जुङ्गारखोला खतरानाक तरिकले डरलाग्दो गरि आउदो रहेछ । झन्डै डेढघण्टा हामीलाई खोलाले रोक्यो । खोलाबाट हेर्दा त त्यो ठाउं निकैै मनोरम दृश्यावलोका युक्त, हरियालीले भरीभराउ, मनमुग्ध, लोभलाग्दो, कलकल पानी बग्ने, चराहरुको सुरिलो आवाजले रमणीय देखिएको थियो । खोला घट्यो गाडीले गन्तब्यमा पुर्यायो । म गाडीबाट झरे त्यरबेला मलाई लिनका लागी होटेलको केटा आईसकेको थियो । किनकि क्याम्पस प्रमुख गोपिन्द्र के. सी. सरले सबै जानकारी होटेलको साहुनीलाई भनि सक्नु भएको रहेछ । म गए मलाई कोठामा लिएर मेरो झोला राखि सर आसाम गर्नु भनेर उनि बाहिर निस्किए । म नि थाकेको तथा विहान देखि नखाएर होला एकठिन आराम गर्छु भन्दा त भुसुक्क निदाएछु । सांझ परिसकेछ मलाई खाना बोलाए । म उठें र फ्रेस भएर खाना गए ।

पहाडको खानाको के कुरा गरौ मिठो कति कति त्यसमा पनि दिन भरिको भोको पेट । टन्न खाए । मलाई रुकुमको घरमा खाएको जस्तो अनुभव भयो । धेरै कुराकानी गरियो । हाटेलको साहुनी दिदिले आफनै भाई जस्तै गरि खाना दिनु भो । त्यो दिन निकै थकाई र तनावले होला म काडामा गएर सुते । मेरो सधैं विहान ४ बजे उठ्ने बानी म उठें र पहाडको ठाउंमा सहरबजार जस्तो बाथरुम नभए पनि त्याहांको आवश्यकताको बाथरुम थियो । उठें र सदाझैको ब्रहमन नित्य कर्म गरे । त्यहां कुनै पनि दुरसञ्चारका माध्यमले विहान १० देखि सांझ ५ बजे सम्म मात्र टावर दिने व्यवस्था रहेछ । मलाई थाह भएन । एकछिन सोसल मिडियामा भुल्ने मिडियामा सामाचार सुन्ने कोशिस गरे तर टावर नै दिएन । कोहि उटेका थिएनान् । विहानै चियाको चुस्किमा रमाउने बानी थियो मेरो । तल तल भयो । अब त सुत्न नि भएन तर कोहि पनि उटेका छैनान् । घरमा ता आफन्तलाई फोन गरौं भने नि छैन । रेडियोको नाममा सुनाखरी एफ एम पनि ६स् ३० मा मात्र खुल्दो रहेछ । त्यतिबेला मात्र साहुनी दिदि उठ्नु भो । उहांलाई फ्रेस हुन आधा घण्टा लाग्यो । मैले सोधे दिदि नेटले काम गर्दैन । उहांको उत्तर थियो दश बजे देखि ५ बजे सम्म मात्र । अरुबेला चल्दैन ।
चिया आयो मैले पिए । अनि सोधे सबै परिवार कति हुनुहुन्छ ? । उहांले ४ जना । मैले सोधे दिदि भिनाजु खोई त ? यहां बलिन्द्र धारा निकाल्नु भयो अनि भन्नु भो लियो कलिलैमा निष्ठुरी दैवले । मलाई किन सोधेछु जस्तो भयो । किनकि म त त्यहां धेरै बस्ने हो त अलि आत्तिएछु जस्तो भो मलाई । मनमा पिडा, मुहारमा हांसो, आफ्नो पेशा अनि साना साना ३ भाई छोराको भविश्यले उहांलाई सताएको महसुस भो । आफनो जीवन साथिले छोडेको नि मात्र ३ वर्ष भएको रहेछ । कता कता मेरो मनमा पनि उहांको पिडाले मुटु छोयो ।
सानो चिटिक्कको रमणीय तथा सुन्दर बजार । एउटा सानो प्रहरी चौकी, उपस्वास्थ्य चौकि , वित्तिय संस्था, लगायत दैनिक आवश्यक पर्ने वस्तुहरुको बजार , तरकारी बजार, कपडा फेन्सी पसल, एउटा स्टेशनरी, अनि उउटा परौठा पसल, एउटा प्लस टु विद्यालय र एउटा क्याम्पस त्यस्तैे रमणीय बजार रहेछ । विहान एक्लै घुमघाम । त्यतिको अवलोकन गर्न मलाई विहानको ९ बजेको थियो । म अलि टाढा नै पुगे छु । क्याम्पस प्रमुख गोपिन्द्र सरको फोन आयो सर म आई पुगे हाटैलमा आउनोस । अलिकति बजार हेर्न बांकि थियो । म फर्किए त्यहिंबाट ।
होटेलमा खाना नि तयार भैसकेछ । सरको र मेरो परिचय भो सरको नि खाना खाने ठांउ त्यहि रहेछ । खाना खाईयो । कपडा लगाएर हामी बजारदेखि ३०० मिटर टाढाको क्याम्पस पुयौं । धेरै सरहरु अगाडी गएर सिटप्लान गरिसक्नु भएछ । सबै संग परिचय भो । १२ बज्यो असैसाप सहित सबैले परीक्षाको अनुगमन गरियो । परीक्षा मर्यादित तथा सौहाद्रपूर्ण सम्पन्न गरियो । क्याम्पसको चारैतिर पहाडमा पाईने सलाघारी, घंघारु बोट,नासपति, कटहर, उत्तिस, चोर्था,लगाथतका प्राकृतिक सौन्दर्ताले मनमुग्ध त थियो नै त्यसमा पनि डांडामा चिसो सरर हावाले मनलाई लोभ्याएको थियो । मैले मोबाईलमा केहि तस्विर लिएर फेसबुकमा पोस्ट समेत गरे ।  वरिपरि हरियाली डा.डाकांडाले ठाउं निकै रमणीय थियो । रातो माटोले लिपपोत गरेका, सेतो कमेरोले बुट्टा भरेका घर, बैशाख जेठको महिनामा नयां आलु, टमाटर, कांक्रा, मकै लगायतले लट्रम्म फलेको देख्दा त मनले घर र्बििर्सयो । म रमाए , मनमुग्ध भए । सांझपख सुर्य अस्ताउदाको वातावरणले कता कता त्यो ठाउंलाई त पर्यटकिय स्थल बनाउन सकिने जस्तो थियो । हाटेलमा गएर चिफसर र मैले पहाडको मिठो खाना खायौं । जुन खाना अर्गानिक थियो तथा आनन्दित थियो ।

भोलिपल्ट शनिबार थियो । होटका अन्ने कोठामा विद्यार्थीहरुले बस्थे । खाना खाएर सबै बसेका थियौं । मैले भने भोलि नयां ठांउ घुम्न कसले लैजान्छ मलाई भन्दा धेरै विद्यार्थी र होटेको कान्छो बाबुसंग जाने निधो भो । भोलिपल्ट खाना खाएर जुङ्गार सिमेन्ट कारखानाको यात्रा तय भो हामी ६रु७ जना जीवमा बसेर गयौं । झन्डै १ घण्टाको यात्रापछि हामी त्याहांको प्रसिद्द सिमेन्ट कारखानामा पुगर मैले अनुमति मागे । जुन कारखानाले सुरुमा सिमेन्ट उत्पादन गरेपनि त्यतिबेला बच्चा पदार्थ मात्र उत्पादन गरिरहेको थियो । निकै रमणीय थियो । जहां चारैतिर हरियाली पहाड, काफल लटरम्म पाकेका थिए । विभिन्न प्रकारका चराहरुले आ आफनो सुरिलो आवाज निकालेर नाचिरहेका थिए । कोईली,न् याउली, तिर्थाे, भगेरा, कौवा, ढुकुर लगायतका चराहरु काफल, चोत्रा, ऐंसेलु, मछाईना र तिंदु लगायतका फलमा खांदै । रमाउदै र नाच्दै गरिरहेको सुन्दरता थियो । अर्कातिर चारै तिरको खोलाको आवाज सुस्साई रहेको थियो । हामी पनि ति सबै फलफुलको स्वादमा रमायौं ।

हल्का झिम झिम पानी परिरहेको थियो । प्राकृतिक चराचुरुङ्गी, रुखमा बा“दर, गुना, ढेंडु, स्याल लगायतका जनावारले त झन हामीलाई स्वर्गको अनुभवमा डुवाई दिउका थिए । जंगलमा चिप्लेटी खेल्दै, रुखमा , खोलामा भएका ठुलठुला र चाक्ला चाक्ला सेता ढुंङ्गामा बसेर फोटो खिच्दै, पल्टिदै र लुकामारी खैल्दै गर्दा कता कता बालापनको यादमा भुसुक्कै भईएछ । साथिहरु नि निकै रमाए । एकठांउमा त म चिप्लेर झन्डै २५ मिटर तल पुगे तर दैव संयोग केहि नि भएन । त्यतिबेला घडी हेर्दा सांजको ६ बजीसकेछ । गाडी पाउने संम्भावना थिएन । हामी निकै आत्तिर हिड्ने वातावरण थियो । किनकि हिडेर झन्डै २ र ३ घण्टाको बाटो थियो । तरपनि धेरैजना भएकाले आत्तिनु पर्ने थिएन । तर बाटो चिनेको कोहि थिएन । एउटा सानो बच्चाको भरमा हाम्रो फिर्ती यात्रा तय भो । मलाई त त्यहि जंगलमा बसौं बसौं जस्तो रमाईलो लागेको थियो ।

विच विचमा बाटो सोध्दै अगाडी बढ्दै गर्दा एकजना साथी चिप्लिए र हातमा चोट लगाए । रातिमा पहाडको बाटो कस्तो हुन्छ । कसरी हिड्ने मलाई त हिड्न नि गाहे भो । पहाडमा बस्दा कति कति हिड्ने बानी थियो सबै हराएछ । एकातिर थकाई अर्कोतिर आफैले ल्याएको र उनिहरुलाई कतिखेर गन्तब्यमा पुर्याउने चिन्ताले खुलदुल मनमा थियो ।
कतै कसैलाई केहि भए त रोल्पा पो त ? आतुरी, डर त्रास तथा चिन्तको कारण दिनभरकिो रमाईलोपन कता कता ? कसलाई के भन्ने आफैले लिएर आएको । यदि कसैलाई केहि भएमा रोल्पाबाट घर आईपुग्ने संम्भवना छैन । त्यतिकै मनको त्रास बढ्दै गयो । यस्तै यस्तै मनमा धेरै कुराहरु केलाउदैं थिए । हामी बजार आएको पत्ता पाईएन । होटेलमा जब पुगियो लामो श्वास आयो मेरो । किनकि उनिहरुलाई रातिमा सुरक्षित यात्रा गराउने चिन्ता ।
यसरी त्यो ठाउंमा रमाउदै , हास्दै खेल्दै धेरै दिनहरु विते । श्रावणको महिना लागेको नि पत्तै पाईएन । श्रावण ६ गते वि पि जयन्ति परेको थियो । मलाई वृक्षारोपनको लागी प्रमुख अतिथिका रुपमा निम्तो आयो । मैले त्यो सम्पन्न गरे । पहाडमा हिलाम्य बाटो त्यो पनि वर्षातमा गाडी आउने र क्याम्पसको नजिक फस्ने गर्थै । मैले पुलिस प्रशासन, क्याम्पस परिवार, बजारका अग्रज, ािजनितिक दलका नेताहरु लाई अनुरोध गरे । बाटोमा ढुंगा बिछ्याउने । सबैले स्विकार गरे श्रावण ८ गते चारबजे पछि हामी सबै मिलेर बाटोमा धेरै ढुंगा राखेर गाडी नफस्ने बाटो तयार भो । भालिपल्ट देखि गाडी आउन थाले । मैले थोरै समयमा धेरैको मन जितिसकेको थिए । सबैको मनमा बसिसकेको रहेछु । परीक्षा श्रावण १० गते सकियो । म ११गते विहानै हिड्ने निधो गरें । क्याम्पका सबै साथिहरु बसेर निकै रमाईलो गर्यौ. । दुख सुखको धेरै गन्थन मन्थन गरियो ।

साहुनी दिदिले त घरको भाई जस्तो माया ममता गर्नु भएको थियो । त्यसदिन हामी रात्रीको २ बजे सम्म बसेर छुट्यिौं । म आफनो कोठामा गए । मनमा धेरै कुराहरु केलाए । निदा लागेन । त्याहांका हरेक व्यक्तिको आदरपन, सक्रियता, जागरुकता, सहनरिलता, धैर्यपन, लगनसिलता, आफनोपन, मित्रवत व्यावहारले मेरोमन छोयो । त्यतिकैमा विहान नि भयो । आफनो नित्य कर्म सकेर सबै लत्ताकपडा झोलामा राखे । विहाना ६ बजेको गाडीमा आउने टिकट गोपिन्द्र सरले व्यवस्था गर्नु भएको जानकारी अघिल्लो दिन गराई सक्नु भएको थियो । म आफु बस्ने कोठाबाट निस्किए । मलाई त ५० केजि रोल्पाको आलु, स्याउ, भेडें खुर्सानी, सिमी, नासपत्ति लगायतका विविध चिजवस्तुको उपहार थुप्रिएको थियो । पहाडको ठाउं त्यसदिन पनि सिमसिम पानि परिरहेको थियो । बाटोमा गाडी फसेपछि घरसम्म पुर्र्याउने अवस्था मेरो थिएन ।

म लिन्न भन्दा सबैको आग्रहमा गाडीमा सबैले राखि दिए । मलाई त्याहांबाट छुट्टिन मन लागेन । आंखाबाट आंसु आयो म निरास भए । सबैसंग बिदा भए । बाटोमा निकै कुराहरुले ठाउं लियो । वास्तवमा रोल्पा द्दन्द्दकालमा जे सोचाई थियो। त्यो सोचका मान्छ रहेनछन् । वास्तविकता त अर्कै रहेछ । आदरपन, सक्रियता, जागरुकता, सहनरिलता, धैर्यपन, लगनसिलता, आफनोपन, मित्रवत व्यावहार देखियो । हालसम्म पनि हाम्रो कुराकानी, सम्पर्क छ । चिफसरसंग त झन गाढा सम्बन्ध छ । साहुनी दिदि त झन कान्छो छोराको उपचारको लागि मेरोघरमा आउनु भो मैले के कति सरसहयोग गरेउहांलाई थाह होला । अहिले सम्मपनि यादगार बनेको छ मेरो रोल्पा यात्रा । जय रोल्पा जयहोस रोल्पाली बासीको अझ त जुङ्गारबासीको !

लेखक एकराज शर्मा शिक्षण समिति प्रमुख पाठ्क्रम तथा मूल्याङ्कन विभाग बागेश्वरी बहुमुखी क्याम्पस काृहलपुर बांके

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २४ गते शनिबार