स्वास्थ्यकर्मीको स्कुटरबाट मेघाश्रीको व्यापार, बाँसगढीमा स्कुटरसहित १ पक्राउ



बर्दिया जिल्लाको बॉसगढी ७ डेउढाकलामा शुक्रबार राती ९ बजे स्वास्थ्यकर्मीको स्टिकर लगाएको स्कुटरबाट १ बोरा मेघाश्री (गुट्खा) वसन्त युवा क्लवले बरामत गरेको क्लबले जनाएको छ ।

प्रति पोका रु ४५० का दरले बासगढी बजारमा ब्यापारीले कालोबजारी गरेपनी प्रहरी, प्रशासन र सम्बन्धित निकाय मुकदर्शक भएको व्यापक गुनासो रहेको स्थानिय बताउछन् ।

मैनापोखर–बॉसगढी र गणेशपुर–लक्ष्मणा सडक हुॅदै राती राती मेघाश्री तस्कर भईरहेको स्थानीयले बताएका छन् । बिहीवार राती पनि बॉसगढी–६, दमौलिका स्थानीय युवाहरुले अवैध काठ तस्कर गर्दै गर्दा समातेका थिए ।

बरामत गरिएको मेघाश्रीसहित एक व्यक्तीलाई समेत इलाका प्रहरी कार्यालय बाँसगढीको जिम्मा लगाइएको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको बाँसगढी प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार