विष्णु पादुका
भुल्नु मस्तिष्कको कमजोरी नभएर स्वस्थ मस्तिष्कको आवश्यक क्षमता पनि हो। हामीले हरेक दृश्य, आवाज, घटना र भावनालाई जस्ताको तस्तै जीवनभर बोकेर हिँड्न सक्दैनौं । मस्तिष्कले उपयोगी कुरा मात्र बलियो बनाउँदै अनावश्यक कुरा कमजोर बनाएर भुलाउनु साच्चिकै उपयोगी कुरा हो मान्छेका लागि । भुलाउने काम कुन ग्रन्थीले गर्छ होला , यसलाई एउटै भुल्ने ग्रन्थीले गर्ने पक्कै होइन। स्मृति निर्माण र कमजोर हुने प्रक्रियामा मस्तिष्कका धेरै भाग र रासायनिक प्रणाली सहभागी हुन्छन्। हिप्पोक्याम्पस (ज्ष्उउयअबmउगक) — नयाँ स्मृति बनाउन र त्यसलाई व्यवस्थित गर्न अत्यन्त महत्त्वपूर्ण। नयाँ कुरा सिक्दा यसको भूमिका ठूलो हुन्छ। प्रिफ्रन्टल कर्टेक्स — कुन कुरा ध्यान दिने, कुन कुरा दबाउने वा सम्झन खोज्ने भन्नेमा सहयोग गर्छ। अमिग्डाला (ब्mथनमबबि) ले भावनात्मक घटनासँग जोडिएको स्मृतिलाई बलियो बनाउन सक्छ । त्यसैले अत्यन्त सुखद वा पीडादायी घटना लामो समय सम्झनामा रहन क्छ। सिन्याप्स (क्थलबउकभक) — न्युरोनबीचको सम्पर्कको प्रयोग कम हुँदै जाँदा केही स्मृति कमजोर हुन सक्छन्; यसलाई कथलबउतष्अ धभबपभलष्लन÷उचगलष्लन जस्ता प्रक्रियाले सहयोग गर्छ। न्ब्द्यब्, नगितबmबतभ, मयउबmष्लभ, बअभतथअिजयष्लिभ लगायतका लभगचयतचबलकmष्ततभचक ले सिकाइ, ध्यान र स्मृतिको बलमा भूमिका खेल्छन्। तर यीमध्ये कुनै एउटालाई मात्र भुल्ने रसायन भन्न मिल्दैन। रोचक कुरा के छ भने, निद्रामा पनि मस्तिष्कले स्मृतिलाई छान्ने काम गर्छ। दिनभरका सबै अनुभवलाई समान महत्त्व दिइँदैन। केही कुरा दीर्घकालीन स्मृतिमा बलियो हुन्छन्, केही कमजोर हुँदै जान्छन्। त्यसो भए भुल्नु राम्रो त ? कल्पना गर्नुहोस् त ,हामीले जीवनमा देखेका हरेक अनुहार, बाटो, शब्द, आवाज, अपमान, दुःख र साना घटनाहरू सबै समान स्पष्टताका साथ सम्झिनुपरेको भए मस्तिष्क अत्यन्तै बोझिलो हुन्थ्यो।भुलाइले मस्तिष्कलाई एउटा किसिमको सूचनाको छनोट गर्न मद्दत गर्छ। त्यसैले त स्मृति भनेको सबै कुरा जोगाएर राख्नु होइन ।कुन कुरा राख्ने र कुन कुरा बिस्तारै छोड्ने भन्ने मस्तिष्कको कला पनि हो।
तर एउटा महत्त्वपूर्ण भिन्नता छ । सामान्य बिर्सने प्रक्रिया र रोगका कारण हुने स्मृतिह्रास एउटै होइनन्। उमेर बढ्दै जाँदा नाम वा सानो कुरा कहिलेकाहीँ बिर्सनु सामान्य हुन सक्छ; तर दैनिक जीवनमै असर पर्ने गरी स्मृति हराउँदै जानु भने चिकित्सकीय मूल्याङ्कनको विषय हुन सक्छ।
भुल्नु पनि जीवनका लागि आवश्यक छ ।मस्तिष्क स्मृतिको संग्रहालय मात्र होइन, विस्मृतिको बगैँचा पनि त हो । तर भुल्नु आफैमा अभिशाप बनेको छ आजको वर्तमान । देशको अन्तर हृदय छियाछिया भएको छ । प्राकृतिक सम्पन्नताले भरिएको देश प्राकृतिक विपत्तिले क्षतविक्षत हुन पुगेको छ । आफन्त गुमाएको चिच्याहटले सन्तप्त बनाएको छ । यसको पहिलो जरो हो भुल्नु । हामी महासंकट छिटै भुल्छौं । भुल्नुको कारण र दर्शन त माथी नै उल्लेख गरियो नै । त्यो बाहेक भुलाउने क्रमको बलियो कडि समय हो । जसरी शरिरमा घाउ निकोहुँदा खाटा बस्छ उसैगरी मानसिकता पनि तयारीमा हुन्छ हिजोको कारुणिकता भुल्न । यस्ता दुःखद घटनाको फेहरिस्त लामो छ नेपालसँग । नेपालसँग मात्र होइन संसारका कैयौं मुलुकसँग यस्ता दुखका पेटारा हुन्छन् , छन् । यत्ती हो कि हामी बिपत्तिको आकाश ओढेर पनि सचेत हुन सिकेका छैनौं । पानीको चक्रका बारे साना कक्षामा पढाइ हुन्छ । संसारको पानीका बारे एकमुष्ट हिसाब गर्दा पानी कहिल्यै कम बेसि हुँदैन । पानीको समग्र मूल्याकंन प्रणालीले त्यही भन्छ । तर त्यो पानीको चरणले मान्छे ,भूगोल र आश्रीत सजीव तथा निर्जीवलाई बेलाबेला दुख दिन्छ । हाम्रा हिमालहरू नयाँ पहाड हुन् त्यसैले कमजोर छन् भनेर भनिदिए कसैले । हाम्रो हिमाल ग्लोबल वार्मीङ्गले दैनिक पग्लँदै छन् भनी सुन्न थालेको पनि धेरै भयो । नदी छेउ किनारका बस्तीको मुद्दाले बजार पाएको कुरा त झन् चर्को छँदै छ । पहाड विकासले कोत¥यो , हिमाल खोसलियो तात्यो , प्रदुषण बढ्यो , हिमालले थेग्न सक्दैन यी नारा पनि वातावरण दिवश वरपर नसुनिएका होइनन् ।
के सुन्नु सुनाउनुले समस्या रोकिए ? भोलि रोकिएलान् ?
जवाफ स्पष्ट छ रोकिन्न । हाम्रा विकास ,हाम्रा उन्नति प्रगती नै हाम्रा बाधक भएको हामी स्वीकार गर्न सक्दैन । यो कुरा जहिल्यै सरकारको मुखमा लगेर झोसिन्छ । फलानो सरकारले यसो ग¥यो । हो ,सडक सरकारले खन्यो । पुल सरकारले बनायो । ठुला विकास आयोजना सरकार बाट नै स्वीकृत भएर निर्माण भए । विचार गरौं त ,आखिर सरकार भनेको को हो ? सरकार भन्नू जनताकै उपज हो । हामी जस्ता छौं सरकार उस्तै हुने हो । हामी फेरिदै गयौं सरकारहरू फेरिए । यो सरकारको कुरा थाती राखौं होला , नत्र राजनीति गर्न लाग्यो भन्नू होला फेरि । यो आलेख राजनीति भन्दा निकै परको कुरासँग जोड्ने प्रयत्नमा रहने छ । समयले पुराना कुरा बिर्सायो । विकासले नयाँ सम्भावनाका ढोका खोल्यो । अवसरहरूको आगमन भयो । नदीले दुई पहाडका विच बाटो बनायो । वल्लोपल्लो डाँडामा रहेका गाउँ बस्ती खोला किनारमा त्यसै आएका होइनन् । सडकले तानेको हो । सडकले साना गाउँलाई अव्यवस्थित शहरमा रुपान्तरण ग¥यो । नेपालका मुख्य हिमनदी कोशी , गण्डकी र कर्णाली जस्ता नदीका कैयौं सहायक हिमनदी छन् । जसको मुहान एकै ठाउँ होइन । कैयौं खोला ,कैयौं नदी मिलेर बनेका छन् यी जलप्रवाह । हामी हाँगा हल्लाउँदै छौं । पात झार्दै छौं । फल झरेको देख्दै छौं । त्यसको मुल जरो देखेकै छैनौं । यो आलेख लेख्नु भन्दा दुई वर्ष मात्र अघि एउटा साउथ अपिÞm्रकि पर्वतारोहणको एउटा दल धौलागिरी छैटौं अर्थात पुथा हिउँचुली चढ्न र मानवनिर्मित ताल बनाएर पौडी खेल्दै विश्व रेकर्ड कायम गर्न गएको थियो । उनीहरूले सफलता प्राप्त गरेका थिए । हिमालको प्रकृति बुझ्न सगरमाथा नै चढ्नु पर्दैन । होचा हिमालहरूले पनि राम्रोसँग परिचय दिन सक्छन् । आखिर हिमाल के हो ? केवल अनुसन्धाताका कुरासँग मात्र टाउको हल्लाउनु भन्दा त्यसबारे आफै बुझ्न जरुरी हुन्छ । अझ हिमालमै टेकेर नियाल्नुको अनुभूतिलाई सबैसामु पस्किनु उपयुक्त होला भन्ने ठान्छु । हिमरेखा (क्लयध ष्लिभ) भन्नाले सामान्यतया त्यस्तो उचाइलाई बुझिन्छ जहाँबाट माथि हिउँ लामो समयसम्म पग्लिएर हराउँदैन र वर्षभरि हिउँ जमिरहने अवस्था सुरु हुन्छ। तर यसको एउटै निश्चित उचाइ हुँदैन। अक्षांश, तापक्रम, वर्षा, घामको दिशा, हावापानी र पहाडको ढलानअनुसार हिमरेखा माथि–तल हुन्छ।
नेपालका हिमालयको सन्दर्भमा मोटामोटी करिब ५,०००–५,५०० मिटरभन्दा माथि स्थायी हिमरेखा देखिन थाल्छ। पूर्वी हिमालयमा बढी हिमपात हुने भएकाले हिमरेखा केही तल हुन सक्छ। पश्चिमतिर सुख्खा भएकाले कतिपय क्षेत्रमा हिमरेखा ५,५००–६,००० मिटर आसपास वा अझ माथि पुग्न सक्छ। ६,००० मिटरभन्दा माथि पुग्दा स्थायी हिउँ हुने र हिमनदी बग्ने सम्भावना धेरै बढ्छ तर यहाँ पनि स्थानअनुसार ठूलो फरक हुन्छ । एउटा कुरा चाहिँ छुट्याउनुपर्छ ५,००० मिटरमा हिउँ पर्नु र ५,००० मिटरमा वर्षभरि हिउँ रहनु एउटै कुरा होइन। जाडोमा ३,५००–४,००० मिटरमै बाक्लो हिउँ पर्न सक्छ, तर गर्मीमा त्यो पग्लिन सक्छ। हिमरेखा भने दीर्घकालीन रूपमा हिउँ टिकिरहने सीमासँग सम्बन्धित कुरा हो । जसरी महासागरको छेउ उभिँदा संसारभरी पानी मात्रै भएको जस्तो लाग्छ । जसरी एउटा तराईको फाँटमा उभिँदा सबै सम्म जमिन मात्र देखिन्छ । त्यसैगरी हिमालको समथल भागमा उभिएर हेर्दा संसारभर हिउँ मात्र भएको जस्तो लाग्छ । सामान्य हिसाब लगाउँदा पनि ५००० मिटर भन्दा माथिको उचाइको जमीनको क्षेत्रफल कति होला नेपालको ? जहाँ हिउँले मात्र ढाकिएको छ । कतै साना ताल जस्तो पानी पग्लेको देखिन्छ सतहमा कतै पुरै जमेकै अवस्थामा भेटिन्छ । कृतिम ताल बनाउने टोलीले भिरालो जमिनमा दस मिटर सम्मको पाइप होल गरेर हेरे । तर जमिन भेटिएन । यसको अर्थ भिरालो जमिनको हिउँ पनि दस मिटर भन्दा मोटो भएर जमेको छ । अनुमान लाउनु त समथर परेको परेको जमिनमा हिउँको मोटाइ कति होला ? यस्तो लाग्छ हिमालयमा हिमालको सागर छ । जो कहिल्यै पग्लिएर सकिन्न । बरु जमेर त्यो झन्झन् बलियो भैरहेछ । तर जहाँ बाट पग्लेर बाटो बन्दै हिमनदी निस्केको देखिन्छ त्यहाँ कुन बेला के हुन्छ भन्न सकिन्न । आजसम्म प्रकृतिले देखाएका साना विपत्तिका कुरा तिनै नदी वरिपरिको सानातिना घटनाको परिणामस्वरूप घटेका हुन् ।
नेपालका हिमाललाई आधार बनाएर हेर्दा हिमरेखा किन कतै ४,८०० मिटर र कतै ५,८०० मिटर हुन्छ ? भन्ने कुरा झन् रोचक छ—यसमा वर्षा र तापक्रमको ठूलो भूमिका हुन्छ। हिमरेखाको कुरा वास्तवमै रोचक छ, किनकि हिमरेखा केवल चिसो कति छ?भन्ने कुराले निर्धारण हुँदैन।एउटै उचाइमा पनि हिमरेखा किन फरक हुन्छ?
मुख्यतः चार कुरा निर्णायक हुन्छन्—तापक्रम, हिमपातको मात्रा, हावाको सुख्खापन र सूर्यको ताप। धेरै हिमपात हुने ठाउँमा हिमरेखा तल झर्छ।उदाहरणका लागि, पूर्वी हिमालयतिर मनसुनको प्रभाव बढी हुन्छ। धेरै हिउँ पर्छ। त्यसैले तुलनात्मक रूपमा कम उचाइमै हिउँको सञ्चिति बाक्लो हुन्छ र वर्षौँ टिक्न सक्छ।सुख्खा ठाउँमा हिमरेखा माथि चढ्छ। मुस्ताङ, डोल्पो, तिब्बततिर हिमपात कम हुन्छ। आकाश सफा र हावा सुख्खा हुन्छ। परेको हिउँ पनि घाम र सुख्खा हावाले छिटो हराउन सक्छ। त्यसैले त्यहाँ स्थायी हिउँको सीमा धेरै माथि हुन सक्छ। यसलाई एउटा सुन्दर विरोधाभासका रूपमा बुझ्न सकिन्छ । चिसो ठाउँमा मात्र हिउँ धेरै टिक्छ भन्ने हुने रहेनछ ।हिउँ कति पर्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। उत्तरतर्फ फर्किएको ढलानमा हिउँ बढी टिक्न सक्छ।नेपाल उत्तरी गोलार्धमा भएकाले दक्षिणतर्फ फर्किएका ढलानले बढी सूर्यको ताप पाउँछन्। त्यहाँ हिउँ छिटो पग्लिन सक्छ। उत्तरतर्फ फर्किएका छायाँदार ढलानमा भने हिउँ लामो समय टिक्न सक्छ। त्यसैले एउटै पहाडमा पनि एउटा पाटोमा हिउँ देखिँदा अर्को पाटोमा नदेखिने पनि हुने रहेछ । हिमरेखा स्थिर रेखा भनेको वास्तविक स्थायी होइन रहेछ ।वर्ष, ऋतु र जलवायुका आधारमा यो माथि तल सर्छ। गर्मीमा माथि जान्छ, जाडोमा तल आउँछ। तर स्थायी हिमरेखा भन्नाले दीर्घकालीन औसतमा वर्षभरिको हिउँ ,हिउँ टिकिरहने समयको सीमाले बताउने रहेछ । हिमालमा हिउँ र हिमनदी एउटै कुरा होइनन्।आकाश देखि परेको हिउँ वर्षौँसम्म थिचिँदै, बाक्लिँदै गएपछि दानादार फिर्न (ाष्चल) हुँदै अन्ततः घना हिमनदीय बरफमा बदलिन सक्छ। त्यसैले हिमनदी बन्नका लागि केवल अत्यन्त चिसो हुनु पर्याप्त छैन ।हिमाल हुन वर्षेनि जम्मा हुने हिउँको मात्रा पग्लिने र हराउने मात्राभन्दा बढी हुनुपर्छ । हिउँको स्थायीपन भनेको यहि हो । हिमालका चुचुराको हिउँ पग्लेर कालो देखिनु मात्र हिमाल रित्तिएको संकेत पर्याप्त नहुने रहेछ । टाढाबाट परिकल्पना गरेजस्तो नहुने रहेछ हिमाल चढेर देखिने हिउँको अनुभूति । यसैले हिमालयको कुनै ठाउँमा ५,००० मिटरभन्दा तल पनि पुरानो हिउँ वा हिमनदी भेटिन सक्छ, र कतिपय सुख्खा उच्च भूभागमा ५,५०० मिटर आसपास पुगेपछि मात्र स्थायी हिम देखिन सक्छ। र यही कुरा जलवायु परिवर्तनसँग जोड्दा अझ गम्भीर हुन्छ।हिमरेखा माथि सर्नु भनेको केवल पहाडमा हिउँ कम हुनु होइन । त्यसले हिमनदी, नदीको पानी र तलका बस्तीहरूको भविष्यसम्म असर गर्न सक्छ। हिउँ या नपरेको बेला पनि हिमनदीमा बाढी आएको हुन्छ । हिमालमा पहिरो गएको हुन्छ । अर्कोकुरा हिमनदी र हिमताल एकदमै फरक प्राकृतिक संरचना हुन्, यद्यपि दुवैको सम्बन्ध हिउँ र बरफसँग हुन्छ। हिमालय बुझ्न यी दुईबीचको सम्बन्ध बुझ्नु निकै महत्त्वपूर्ण छ। हिमनदी (न्बिअष्भच) भनेको वर्षौँदेखि जम्मा भएको हिउँ थिचिँदै–थिचिँदै बनेको विशाल बरफको पिण्ड हो, जुन आफ्नै भारका कारण बिस्तारै तलतिर बगिरहन्छ। सामान्य हिउँ जमेको ठाउँ स्थिर देखिन्छ। तर हिमनदी भने वास्तवमा अत्यन्तै सुस्त गतिमा बगिरहेको बरफको नदी हो। हिमाल छेउमा त यो बगे जस्तो पनि लाग्दैन तर जति ओरालो र तातो स्थान तिर झर्छ त्यति त्यसको गति तीब्र हुन्छ । हिमालको माथिल्लो भागमा हरेक वर्ष हिउँ थपिँदै जान्छ। पुरानो हिउँमाथि नयाँ हिउँ थपिँदै जाँदा दबाब बढ्छ। हिउँका कणहरू पुनःसंरचित भएर बाक्लो बरफ बन्छन्। त्यसपछि गुरुत्वाकर्षणले त्यस बरफलाई तलतिर धकेल्छ।
त्यसैले स्पष्ट रूपमा भन्नुपर्दा हिमनदी भनेको जमेको नदी हो तर त्यसको बहाव आँखाले देख्न नसक्ने गरी सुस्त हुन्छ ।नेपालका धेरै ठूला हिमनदीहरू हिमालका उच्च भागबाट तलतिर फैलिएका छन्। जसले सदैव खतरापूर्ण घन्टी बजाइरहेका हुन्छन् । हिमताल (न्बिअष्ब िबिपभ) भनेको हिमनदी वा हिमनदीसँग सम्बन्धित प्रक्रियाले बनेको प्राकृतिक ताल हो । हिमनदी चल्दा र घिसारिँदा हिमालको सतहमा गहिरो खाडल बनाउन सक्छ। हिमनदी पछि हटेपछि त्यही खाल्डोमा पानी जम्मा भएर ताल बनेको देखिन्छ । हिमालको अनुसन्धान गर्नेको अध्ययनले यसै भन्छ । हिमाल पुगेर थाकेका आँखामा त्यो कुरा पचेको थिएन । बिपत्ति देखेपछि बल्ल ती भुलिएका दृष्यले पुनरावृत्ति पाए । अर्को अझ महत्त्वपूर्ण अवस्था पनि छ। हिमनदी पग्लँदै र पछि हट्दै जाँदा त्यसको अगाडि बरफ, ढुंगा, माटो आदिको ठूलो थुप्रो मोरेन (mयचबष्लभ) जम्मा हुन सक्छ। त्यसले प्राकृतिक बाँधजस्तो काम गर्छ। माथिबाट आउने पग्लिएको पानी त्यहीँ थुप्रिँदै जाँदा हिमताल बन्छ। जो कहिले फुट्ने भन्ने कुरा स्वयं बनेको बाँधलाई नै थाहा छैन । त्यसरी बनेका बाँधहरू हिमालयमा कति होलान् ? खास खतरा कहाँबाट आउँछ? यही कुरोमा हिमताल निकै महत्त्वपूर्ण हुन्छ। यदि हिमताललाई थामिरहेको मोरेन बाँध कमजोर भयो अथवा हिमनदीको ठूलो भाग तालमा खस्यो, हिमपहिरो आयो वा अत्यधिक पानी जम्मा भयो भने तालको पानी एक्कासि बाहिर निस्कन सक्छ। यसलाई न्बिअष्ब िीबपभ इगतदगचकत ँयियम (न्ीइँ) भनिन्छ। पछिल्लो घटनामा भएको यहि हो । त्यस अवस्थामा केही घण्टामै ठूलो परिमाणमा पानी, बरफ, ढुंगा र माटो तलतिर बग्छ । यसले हिमतालभन्दा धेरै तलका नदीकिनारका बस्ती, पुल, सडक र जलविद्युत् आयोजनासम्म असर पु¥यायो । ओरालोमा नदी लेदो जस्तो बाक्लो भएर पनि तिब्र गति हुनाले मजबुत भनी गनिएका घर र पुल पनि सखाप पा¥यो । जलवायु परिवर्तनले यो सम्बन्धलाई कसरी बदलिरहेको छ आज जताततै उठ्ने प्रश्न हो यो । यहाँ एउटा रोचक चक्र देखिन्छ । तापक्रम बढ्यो , हिमनदी पग्लियो , हिमनदी पछाडि हट्यो , पग्लिएको पानी जम्मा भयो , हिमताल ठूलो हुँदै गयो।तर हिमनदी घट्दै जाँदा सधैँ ताल ठूलो हुन्छ भन्ने होइन। तालको आकार, पानीको निकास, मोरेनको संरचना, हिमपात र स्थानीय भूगोल सबैले भूमिका खेल्छन्।
नेपाल र हिमालय क्षेत्रमा त्यसैले हिमनदीको अवस्था र हिमतालको जोखिमलाई अलग–अलग होइन, एउटै प्रणालीका दुई पक्षका रूपमा हेर्नुपर्छ । हिमालको टुप्पोमा हिउँ जम्मा हुन्छ । हिउँ थिचिँदै बरफको विशाल क्षेत्र बन्छ । हिमनदी बिस्तारै तलतिर बग्छ । तापले पग्लिएको पानी जम्मा हुन्छ । हिमताल बन्छ । तालको प्राकृतिक बाँध फुट्यो भने न्ीइँ तलतिर अचानक ठूलो बाढी भएर पोखिन्छ । एक बेलुनमा भरिएको एकसय लिटर पानी थोरै हुन्छ तर एकैपटक फुट्दा र त्यसले ओरालो पाउँदा पक्कै सोचे भन्दा बढी प्रतिक्रिया देखाउँछ । अहिले आएको पानीको मापनमा केवल अनुमान मात्र घोलिएको छ । यसरी हेर्दा हिमनदी स्वयं पानीको ठूलो भण्डार पनि हो तर त्यो भण्डार बरफका रूपमा पहाडमा थुनिएको हुन्छ । हिमताल भने त्यसै प्रणालीबाट बनेको खुला पानीको भण्डार हो । हामी समयको र भुलको कुरा जोडेरै बिट मारौं । प्रकृति , पृथ्वी र जलचक्रको आयुमा ठूलो अन्तर छ । यी असमान आयुको चेपमा मान्छे सिँगौरी खेलेको छ धर्तीमा । भिर फोर्नु , नदी थुन्नु , बम फोरेर कार्वन बादलमा मिसाइ सेतो हिउँ कालो पार्नु र सूर्यको प्रकाश सोस्न बाध्य पार्नु यी संसारका सार्वजनिक अपराध भए । खोलो छेउमा घर हाल्नु , तिरमा बाँधको रूपमा घरको जग ठड्याउनु , खोल्सा ,कुला मिच्दै जानु व्यक्तिगत अपराध हुन् । हामी कमिलाको आयु बोकेर हात्तिसँग निहुँ खोज्दै छौं । हात्तिले कमिलो मार्न कहिल्यै अनुमति लिएको सुन्नु भएको छ ? पहाडको आयु र मान्छेको आयु तुलना हुन सक्दैन । नदी तिरका बस्ती कुनै पनि सुरक्षित छैनन् । यो ध्रुवसत्य कुरा पनि हामी भुल्छौं । हामीलाई त विकास व्यापार चाहिएको छ । विपत्तिको आयु छोटो छ । घाउ सन्चो भए पछि हामी फेरि कोपर्ने छौं नदीकै किनार । हाम्रो यो प्रवृत्ति नफेरिन्जेलसम्म प्रकोप झेली रहौं आलो पालो ,पुर्व पश्चिम अनि उत्तर दक्षिण गरेर ।








प्रतिक्रिया दिनुहोस्