27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

बिहे गरेर सुहागरात मनाउनै लाग्दा मोबाईलमा श्रीमतिको अस्लील भिडियो आएपछि ….

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

एजेन्सी ।

मानिसहरुलाई बिहे गरेको दिन सबै भन्दा धेरै खुसी, गर्व र आनन्द लाग्छ । जीवनको बारेमा नयाँ बाटो कोरिएको दिनको रुपमा पनि हेर्दछन् युवाहरु । त्यसैले त उनीहरु सुहागरातको पनि निकै महत्वका साथ लिने गर्दछन् ।

तर भारतको ब्याग्लोरमा एक नवविवाहित युवाले नवदुलहीसगँ सुहागरात मनाउनै लाग्दा दुलहीको अस्लील भिडियो मोबाईलमा आए पछि हैरानी मात्रै भएन , ती युवाले तुरुन्तै बैबाहिक सम्बन्ध समाप्त पारे ।

डिसेम्बर १५ मा सुहागरातको मिति पर्खेर बसेका चिक्कामगलुरुका सन्देश ( नाम परिवर्तन )ले त्यो भिडियो मात्रै नभएर अनेकौ म्यासेज आएको र त्यो नम्बरमा फोन गर्दा उसले आफूलाई रमेश बताएको जनाए ।

२४ नोभमेम्बरमा बिबाह भएको थियो सोनिया ( नाम परिवर्तन ) सगँ सन्देशको । अस्लील भिडियोका साथै रमेशले फोन र म्यासेजमा सोनियासगँ मेरो सात बर्षदेखि अफेयर थियो । हामीबीच शारीरीक सम्बन्ध थियो भने पछि सन्देश झस्किए ।

यति सम्म कि तिमीसगँ बिहे भए पछि पनि हाम्रो सम्बन्ध छ भनेर फोन र म्यासेजमा बताए पछि विना कुनै ढिलाई सन्देशले सम्बन्ध बिच्छेद गरे र प्रहरीमा उजुरी गरे । त्यस पछि सोनियाले आत्महत्या गर्ने धम्की दिईन् र उनको परिवारले त्यसको कारण सन्देशमाथि थोपर्ने भए पछि उनले उजुरी फिर्ता लिए ।

उनका अनुसार केटीको परिवारलाई पनि रमेश नामका ती केटासगँ सोनियाको सम्बन्धको बारेमा पहिला जानकारी रहेको पत्ता लागेको बताए ।
बिहेमा सात लाख र ईन्गेजमेन्टमा एक लाख बीस हजार भारु खर्च गरेर बिहे गँरे ।

अहिले यस्तो भोग्नु पर्यो । सन्देशले पस्चाताप गरेको आजतकले उल्लेख गरेको छ ।

 

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     9:22:33 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *