17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

२० करोडको रक्सी चोरेर फरार मोडल पक्राउ, खोजीमा जुटेका थिए चार देशका प्रहरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १६, २०७९  

एजेन्सी ।

एक मोडललाई रेष्टुरेन्टबाट रक्सी चोरेको आरोपमा पक्राउ गरिएको छ । चोरेको रक्सीको मूल्य १।५ मिलियन डलर ९करिब २० करोड रुपैयाँ० छ । २९ वर्षकी मोडललाई उनका एकजना साथीसँगै पक्राउ गरिएको हो ।

मोडलको नाम प्रिसिला लारा ग्वेभारा हो । उनी मेक्सिकोकी बासिन्दा हुन् । उनलाई हालै एक रोमानियाली–डच साथी ग्याब्रियल डुमित्रुसँगै वाइन चोरीको आरोपमा पक्राउ गरिएको हो । उनले अघिल्लो वर्ष अक्टोबरमा क्रोएशियाको एल एत्रियो नामको एक विलासी रेष्टुरेन्टबाट वाइन चोरी गरेका थिए ।

ग्वेभारा र डुमित्रुलाई ९ महिनासम्मको खोजीपछि यसैहप्ता पक्राउ गरिएको द टेलिग्राफले बताएको छ ।

यी दुईले कूल ४५ वटा बोतल चोरेका थिए । तीमध्ये एउटा त १९ औँ शताब्दिको दुर्लभ वाइनको बोतलसमेत रहेको स्काई न्युजले जानकारी दिएको छ ।

स्काई न्युजका अनुसार ग्वेभाराले रुम सर्भिसको माग गर्दै त्यहाँका वेटरहरुको ध्यान भड्काएकी थिइन् । अर्कातिर उनका साथीले भने वाइन राखिएको दराज खोलेर आफ्नो ब्यागमा असाध्यै महँगा बोतल राखेर त्यहाँबाट फरार भएको स्प्यानिस प्रहरीले जानकारी दिएको छ ।

यो जोडी रेष्टुरेन्टबाट बाहिरिएको भिडियो सीसीटीभीमा कैद भएको थियो । उनीहरुको खोजीमा स्प्यानिस, डच, क्रोएसियन र रोमानियाका प्रहरी परिचालित भएका थिए । साथै, इन्टरपोलको सहयोग पनि मागिएको थियो ।

अन्ततः सीमा पार गर्ने बेला उनीहरुलाई क्रोएशियाको प्रहरीले पक्राउ गर्यो । रिपोर्टका अनुसार यो जोडी क्रोएशियामा बसिरहेका थिए । उनलाई अब स्पेन प्रत्यर्पण गरिने तयारी गरिएको छ ।

प्रिसिला मेक्सिकोमा मिस अर्थ–२०१६ पनि भइसकेकी छिन् । उनलाई मेक्सिकन ‘ब्युटी क्विन’ को रुपमा पनि चिनिन्छ । हाल उनी चोरीको केसमा फसेपछि चर्चामा आएकी हुन् ।

प्रकाशित मितिः सोमवार, साउन १६, २०७९     8:03:47 AM  |