गनापुरमा कारको ठक्करबाट महिलाको मृत्यु



कोहलपुर ।

नेपालगन्ज–कोहलपुर सडक खण्डको गनापुरमा मध्यराती कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगन्जतर्फ गइरहेको बा ४ च १९७५ नम्बरको कारको ठक्करबाट एक महिलाको मृत्यु भएको हो ।

बिहीबार बिहान २ः११ बजेको समयमा कारले ठक्कर दिदाँ महिलाको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

‘नमस्ते रेष्टुरेण्ट नजिकै कारले महिलालाई ठक्कर दिएको देखिन्छ’ उनले भने, ‘मृतक महिलाको भने पहिचान खुल्न सकेको छैन । अन्दाजी २८÷३० वर्षीया महिला हुन् ।’

ठक्कर दिने कारलाई स्थानीय एक ग्यारेजमा लुकाएर राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुर बिहीबार बिहान नियन्त्रणमा लिइसकेको छ ।

पहिचान खुल्न नसकेकी मृतक महिलाको शवलाई भने भेरी अस्पताल नेपालगन्जको शव गृहमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार