कोहलपुरः
सरकारले जारी गरेको लक डाउनको मारमा यहाँका सुकुम्बासी र गन्धर्व मारमा परेका छन् ।
एक साता देखि भएको लक लक डाउनका कोहलपुर नगरपालिकाका विभिन्न स्थालमा बेवारिसे रुपमा बस्दै आएका भूमिहिन, सुकुम्बासी र गन्धर्व समुदाय मारमा परेका हुन् ।
त्यहाँका स्थानीय दल बहादुर गन्धर्वले एक साताको समय निकै कष्टकर रुपमा काटेको बताए ।
उनका अनुसार दैनिक ज्यालादारीमा काम गर्ने सुकुम्बासी र सारंगी बजाउनेहरुलाई निकै सास्ती भएको छ । ‘अहिले सम्म कोही पनि सरकारले आएका छैनन्’ उनले भने, ‘न मास्क र न साबुन । हामी त रुमालको मास्क बनाएर मुख छोपिरहेका छौ ।’
अर्का स्थानीय प्रेम बहादुर गन्धर्वले पनि बन्दका कारण सारंगी बजाउन अन्त जान नपाएका कारण निकै समस्या भोग्नु परेको बताए । उनले काम गरी खानेहरुलाई निकै सास्ती भएको उनले बताए ।
सरकारले सहयोग गरेमा केही राहात हुने उनको भनाई छ । कोहहलपुरका ६ वटा वडामा गन्धर्व र सुकुम्बासी बस्दै आएको छन् । उनीहरुलाई अहिले सम्म कसैले पनि सहयोग गरेका छैनन् । स्थानीय सरकारले समेत सहयोग नगरेको उनीहरुको गुनासो छ । सरकारले चैत्र २५ सम्म लक डाउन गरेको छ ।











प्रतिक्रिया दिनुहोस्