सुर्खेत ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले ८ लाख घुससहित गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ ।
जाजारकोट जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई सुर्खेत कटकुवा हेल्थ पोष्टको घण्टाघर अगाडी रंगेहात पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्नका लागि अख्तियारमा उजुरी गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।
निर्माणको रकम उपभोक्ता समितिबाट बार्गेनिङ गरी लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । उनको साथमा जाजरकोटकै चन्द्रबहादुर वस्नेत समेत पक्राउ परेका छन् ।
उपभोक्ताबाट दुवै जनाले ८ लाख असुलेको अख्तियारले जनाएको छ । थप अनुसन्धानका लागि मुचुल्का भइरहेको जनाइएको छ । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।
प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्