8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

महरा सांसद् पद यथावत्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६  

निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद् पद यथावत् रहेको खबर पनि आज कान्तिपुरले छापेको छ । प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि माननीय हैसियतमै छन् । मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारण मात्र सांसद् पद निलम्बित हुँदैन ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महरालाई सभामुख र सांसद् पदबाट राजीनामा दिन भनेको थियो । पार्टी सचिवालय बैठकले सोहीअनुसारको निर्णय गरेको कुरा बाहिर आएको थियो ।

बैठकपछि पार्टी नेताहरुले महरा अब सांसद् नरहेको प्रतिक्रिया दिएका थिए । तर, सभामुखबाट राजीनामा दिएका महराले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छैनन् ।

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     8:55:51 AM  |