6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

स्थानीय सरकार कमजोर भए संघीयता असफल – रमेश मल्ल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस १६, २०७५  

सल्यान, नेकपा का यूवा नेता रमेश मल्ल ले स्थानीय सरकार प्रभावकारी बनाउन नसके संघीयता नै अफ्ठेरोमा पर्ने बताएका छन् । दार्मा गाऊँपालिका ले सञ्चालन गरेको “जनतासंग स्थानीय सरकार कार्यक्रम” अन्तर्गत दार्मा गाऊँपालिकाको फारुलामा आयोजित एक कार्यक्रममा बोल्दै यूवा नेता मल्लले दार्मा गाऊँपालिकाले शुरु गरेको विकासको मोडेल देशभरीका स्थानीय सरकारका लागि शिक्षा हुनसक्ने समेत दाबी गरे । कार्यक्रममा दार्मा गाऊँपालिका का अध्यक्ष निम बहादुर के.सी.(अरुण) ले “जनतकासंग स्थानीय सरकार कार्यक्रम” बारे चर्चा गर्दै जनताको घरदैलोमा स्थानीय सरकार पुगेको अनुभुति गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य भएको बताए ।जनताको घरदैलोमा पुगेर गतवर्षको बजेट परिचालन र योजनाको समीक्षा गर्दै आगामी योजनाका लागि जनताको गुनासा र प्रतिक्रिया सुन्ने यो कार्यक्रम दार्मा गाऊँपालिकाका सबै वडाहरुमा सञ्चालन गर्दै आएको अध्यक्ष्य के.सी. ले बताए ।

प्रकाशित मितिः सोमवार, पुस १६, २०७५     11:43:10 PM  |