3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

वडा कार्यालयको भवन शिलान्यास

रावन विश्वकर्मा
प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५  

बर्दिया/   बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बाँसगढी नगपालिकाको दमौलीमा रहेको जनप्रिय मावि दमौलीको जोतभोगमा रहेको जग्गा मध्ये ५ कट्ठा जग्गामा कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ ।

सविधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी, जिल्ला समन्वय समितिका सदस्य भक्तिराम अधिकारी, वडा अध्यक्ष दशरथ थारुले संयुक्त रुपमा विधिवत रुपमा भवनको शिलान्यास गरेका थिए ।

वडा कार्यालय भवन निर्माणको लागि विद्यालयले जग्गा उपलब्ध गराएकोमा विद्यालयलाई वडा अध्यक्ष दशरथ थारुले धन्यवाद समेत दिएका थिए । उनले वडा कार्यालयको भवन ६ नम्बर वडाका सबै नागरिकहरुका लागि पाएक पर्ने ठाँउमा निर्माण हुन लागेकाले नागरिकहरुलाई दैनिक सेवा सुविधा प्रभाहमा सहज हुने विश्वास व्यक्त गरे ।

साथै सिहदरबारको अधिकार गाँउगाँउमा आएको अवस्थामा आफ्नै भवनमा कार्यालय सञ्चालन भए नागरिकलाई सरल, सहज र छरितो रुपमा जनमैत्री सेवा दिन थप सहज हुने वडा अध्यक्ष थारुको भनाइ छ । बाँसगढी नगरपालीकाको आर्थिक बर्ष २०७४÷०७५ को बजेट अनुसार ५६ लाख लागतमा सभा हल सहित ६ कोठाको भवन निर्माण हुने छ ।

चैत मसान्तसम्म निर्माण गर्ने गरी जयभवानी निर्माण सेवा कोहलपुरलाई भवन निर्माणको जिम्मा दिईएको छ । भवन शिलान्यास कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, राजनितिक दलका प्रतिनिधी, समाजसेबी स्थानिय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५     7:51:20 AM  |