नेकपा माले नयाँ शक्ति पार्टीमा समायोजन



बाँसगढी/ नेकपा माले बर्दिया नयाँ शक्ति पार्टी नेपालमा समायोजना भएको छ । मंगलबार नयाँ शक्ति पार्टी नेपालका जिल्ला ईन्चार्ज केशवराज पौडेल र नेकपा माले बर्दिया जिल्ला अध्यक्ष नरबहादुर बोहोराको संयुक्त हस्ताक्षर रहेको प्रेस वक्तव्यमा नेकपा माले बर्दिया जिल्ला समिति नयाँ शक्ति पार्टीमा समायोजन भएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘नयाँ शक्ति पार्टी नेपाल नै अब देशको समस्या समाधान गर्ने वैकल्पिक शक्ति भएको ठहर गर्दै बर्दियामा क्रियाशिल रहेको नेकपा माले पुरै जिल्ला समिति मंगलबारदेखि नयाँ शक्ति पार्टीमा समायोजन भएको घोषणा गर्दै नेकपा मालेको बर्दियामा कुनै संगठन नरहेको जानकारी गराउँदछौँ ।

हामी हाम्रो पुरोनो बिचारलाई परिवर्तन गरी नयाँ बिचार नयाँ योजना सहितको अवको निकास, समावेशी विकास, समृद्धि सम्भव छ हामै्र पालामा भन्ने नारालाई सार्थक बनाउन सबैले हिम्मत र साहास गराँै । बिचार बदलिए समाज बदलिन्छ ।

साथै निर्वाचित सरकारले नयाँ युगको नयाँ कार्यभार सहित जनताको अबस्थामा परिवर्तन हुने आर्थिक समृद्धिका योजना र निति स्थापित गर्नुको सट्टा देशमा बढ्दै गईरहेको हत्या हिंसा महंगी र भ्रष्टाचारले जनतामा उत्साह भन्दा निरासा पैदा भएको छ वक्तव्यमा भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १२ गते बुधबार