यानबी साहु/ कोहलपुर÷ सनराइन बैंकको शाखा बाँकेको कोहलपुरमा विस्तार गरिएको छ । बैंकको १०१औँ शाखाका रुपमा कोहलपुर शाखा विस्तार गरिएको हो । शाखाको सोमबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
शाखाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रावतले बैंकका शाखाहरु कोहलपुरमा स्थापना हुँदा यस क्षेत्रका जनताहरुले बैंकिङ सेवा सुविधा सहज रुपमा प्राप्त गर्न सहयोग हुने धारणा राखे । रावतले बैंकले जनतालाई सेवा सुविधा दिनुका साथै यसबाट आर्थिक गतिविधिहरु समेत बढ्ने र आर्थिक उन्नती हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बैंकहरुको बढी आवश्यकता उद्योगी व्यापारीहरुलाई पर्ने र आर्थिक कारोबार पनि व्यवसायीहरुले नै गर्ने हुँदा उनीहरुलाई कर्जा प्रवाहदेखि भुक्तानी प्रक्रिया सहज बनाउन आग्रह गरे ।
यस्तै बैंकका नायव महाप्रबन्धक रविन्सन नेपालले सन्राइज बैंकले ग्राहक तथा सेवा ग्राहीहरुलाई बैंकिङ सेवाको साथ–साथै स्वास्थ्य उपचार सुविधा समेत दिँदै आएको जानकारी गराए । कोहलपुर शाखा प्रमुख मनोज कुमार आचार्यले यस क्षेत्रमा स्थापना हुने उद्योग, कलकारखाना, व्यवसायिक एवम् कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने बताए ।
कोहलपुर शाखाको स्थापनासँगै बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको छ । साथै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउन बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा बचतखाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आइरहेको बैंकले हालै नारीहरुका लागि पिंक बचतखाता प्रारम्भ गरेको छ ।
यो बचतखाता नारीहरुका लागि मात्र लागू हुनेछ । यस खाताअन्तर्गत स्वास्थ्य बीमा, दुर्घटना बीमा, निःशुल्क एबिबिएस, चेकबुक, ई–बैंकिङ्ग, एसएमएस तथा एकाउन्ट स्टेटमेन्ट, ‘सेफ डिपोजिट लकर’ मा छुट लगायतका सुविधाहरु राखिएको छ भने स्वास्थ्य बीमा सुविधा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यस्तै बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा लयागत स्मार्ट बैंकिङ्ग सेवा समेत प्रदान गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्