कोहलपुर/ बाँकेको बैजनाथ गाउँपाकिा–५ स्थित चुलिमालिका कृषि सहकारी संस्थाको लि. कोे आठौँ साधारण सभा शनिबार सम्पन्न भएकोे छ । सभाको बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले उद्घाटन गरेका थिए ।
कार्याक्रममा बोल्दै अध्यक्ष रुचालले सहकारीहरुले उत्पादनमा जोड दिनुपर्नेमा बताएका छन् । साथै उनले मुलुकलाई समृद्ध बनाउन उत्पादनसँग जोडिनुपर्ने बताउँदै बैजनाथ गाउँपालिका सहकारीहरुसँग सहकार्य गरी जनतालाई आत्मानिर्भर बनाउनका लागि विभिन्न प्रकारका योजनाहरु ल्याउने उल्लेख गरे ।
कार्यक्रममा बौल्दै पूर्व सिँचाइ राज्यमन्त्री दल बहादुर सुनारले जनताको झुपडीमा सरकार पुग्ने माध्यम सहकारी भएको बताउँदै जनतालाई कृषिमा आत्मानिर्भर बनाउनुपर्नेमा जोड दिए । समाजको रुपान्तरण र परिर्वतन गर्ने भनेकै सहकारी रहेको समेत बताए । राष्ट्रिय सहकारी विकास वोर्डका केन्द्रिय सदस्य देव बहादुर थापापले गाउँका जनतालाई राज्यले दिन नसकेको सेवाहरु सहकारीले दिइरहेकोले बताउँदै सहकारीलाई राज्यले आर्थिक खम्बाका रुपमा लिएको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी सञ्चालक समितिका सदस्य नवराज उपाध्यायले देशको आर्थिक विकास र समृद्धिको सपनालाई पुरा गर्नका लागि सहकारीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । साथै कार्यक्रमममा चुलिमालिकामा आवद्ध शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो । सहकारीमा आवद्ध उत्कृष्ट दुग्घ उत्पादक शेयर सदस्य गौरी शर्मा, अन्नता प्रसाद र्शा र आमिका शाही, बचत कर्तामा भईराज महतरा, गोविन्द बुढा, जोवना बम, शालिकराम पौडेल र राधाकृष्ण थारुलाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थापक शेयर सदस्यहरुबाट स्थानीय तहमा निर्वाचित बैजनाथा गाउँपालिका वडा नं. ५ का वडा सदस्य नारायण थारु, उत्कृष्ट ऋणिमा कुन्ति डाँगी वली, हरिगंगा आचार्य, गणेश प्रसाद रिजाल, बाल बचत तर्फ प्रतिभा डागर र अमित र रमित उपाध्यायलाई सम्मान गरिएको थियो ।
सहकारीबाट ऋण लिएर सफल उद्यमीका रुपमा कल्चु सार्की, बालकृष्ण विक र डिलाराम कार्की, विभिन्न समूहका अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो भने जेष्ठ सदस्यमा भानुभक्त ज्ञवाली, डिली देवि बाहुन र बाकी आचार्यलाई सम्मान गरिएको थियो । साथै संस्थाको आर्थिक वर्ष २०७४÷०७५ मा शेयर पूँजी ६४ लाख ८१ हजार, बचत ७५ लाख ६३ हजार रहेको छ भने ऋण लगानि ४ करोड ४ लाख ७५ हजार रहेको जनाएको छ । संस्थामा हाल १३ सय २१ जना शेयर सदस्य रहेका छन् ।
संस्थाका वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अर्गबहादुर बमले संस्थाको व्यवसायिक आम्दानीका स्रोतहरु दुग्ध बिक्रि, ध्यू, दही, पनिर लगायत मल, बिउ रहेको बताए । साथै प्रतिवेदनमा ८० वषर््ा पुगेका शेयर सदस्यहरुलाई मासिक २ सय जेष्ठ नागरिक भत्ता उपलब्ध गराइने समेत बताए ।