12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

ढुक्क भएर चार्डपर्व मान्नहोस् शान्ति सुरक्षाको जिम्मा प्रहरीले लिन्छ ः डिएसपी सिंह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ३०, २०७५  

कोहलपुर ३० असोज / ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रमेश बहादुर सिँहले ढुक्क भएर सबैलाई चाडपर्वमा मान्न आग्रह गरेका छन् । मंगलबार मिसनकर्मीसँगको कुराकानीमा उनीले यस्तो बताएका हुन् । ‘हामी चाडपर्वमा हुन सक्ने अपाराधिक गतिविधिहरुलाई मध्यनजर गर्दै २४ घण्टै सादा पोसाकका प्रहरीहरु सहित प्रहरी परिचालन गरेका छौँ । शान्ति सुरक्षाको सम्पुर्ण जिम्मा प्रहरीले लिएको लिन्छ यसमा ढुक्क हुनुहोस्’ डिएसपी सिंहले भने ।

दशै तिहारलाई मध्येनजर गर्दै सुरक्षा योजना अनुसार थप ३ वटा प्रहरी गस्ती टोली थप गरिएको समेत उनले बताए । चाडपर्वमा हुन सक्ने अपराधिक तथा अवाञ्छनिय गतिविधिलाई नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना सञ्चालन गरिएको बताउँदै राती ९ बजेपछि कुनै पनि मदिरा जन्य बिक्रि वितरण गर्न नपाइने डिएसपी सिंहले बताए । साथै उनले कुनै व्यक्तिले जुवातास खेलेको वा खेलाइएको पाइएमा पक्राउ गरी कानून वमोजिम कारवाही गरिने समेत बताए ।

कुनै पनि स्थान घटना घटेको स्थानमा १० मिनेट भित्र प्रहरी पुग्न सक्ने व्यवस्था मिलाइएको बताउँदै ट्राफिक प्रहरीको समन्वयमा सडकमा गुड्ने गाडीमा ओभरलोड नियन्त्रण गर्ने तथा यात्रुहरुलाई कोचाकोच हुने गरी गाडीमा नराख्ने व्यवस्था गरिएको समेत बताए । पछिल्लो समयमा कोहलपुर लागूऔषध बढीमा देखिएको बताउँदै करिब १४÷१५ जनालाई लागूऔषध बारे मुद्दा चलाइएको बताए । कोहलपुरको शान्ति सुरक्षा कायम गर्नमा चौतर्फी सहयोग प्राप्त गरेको बताउँदै सबैलाई शान्तिपुर्वक चाडपर्व मनाउँन तथा कुनै पनि अपराधिक घटना भएमा तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरे ।

प्रकाशित मितिः मङ्लबार, अशोज ३०, २०७५     4:32:49 PM  |