कविन्द्र परियार/कोहलपुर २४ ;बाँकेको राप्तीसोनारी –१ कुसुममा रहेको १ सय ३२ केभिएको विद्युत सवस्टेशनको जलस्रोत तथा उर्जा मन्त्री बर्षमान पुन अनन्तले मंगलबार उद्घाटन गरेका छन् । २०६२ सालदेखि राप्तीसोनारीको कुसुममा विद्युत पु¥याउने लामो संघर्षका बिच मंगलबार मन्त्री पुनले उद्घाटन गरेका हुन् । मंगलबारदेखी नै कुसुममा क्षेत्रको ३० प्रतिशत क्षेत्रमा बत्ति बलेको छ ।
सबस्टेशनको उद्घाटन गर्दै मन्त्री पुनले सम्पूर्ण जिल्लाको विद्युत समस्या समाधानकालागि काम गर्ने बताए । नेपालगन्ज, कोहलपुर र सुर्खेतमा प्रशारण भईरहेको बिद्युत अनियमित र भरपर्दो हुन नसकेको गुनासो सर्वसाधारणले गरेको भन्दै समस्या समाधानका काम गरिने मन्त्री पुनले प्रतिवद्वता समेत जनाएका छन् । पाँच वर्षमा पाँच हजार मेगावाट बिद्युत उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने योजना सुनाउँदै मन्त्री पुनले बाँकेको राप्तीपारी क्षेत्रमा विद्युत प्रशासन लाईन जोडेर त्यसक्षेत्रमा विद्युत पु¥याइने बताए ।
‘यस क्षेत्रमा बिद्युत अनियमित हुने समस्याका बिषयमा गुनासाहरु आईरहन्छन् । यसका बिषयमा जानकार छु । यो समस्या हटाउनका लागि के–के गर्नुपर्छ म गर्छु’ उर्जा मन्त्री पुनले भने, ‘हामीले सम्वृद्विको कुरा गरेका छौं । यो सम्बृद्धि विद्युतको पूर्वाधार नबन्दा सम्म आउँदैन । सरकार त्यही बाटोमा अग्रसर छ ।’ मुलुक समृद्विका लागि मानविय र भौतिक विकासको आवश्यकता पर्ने भएकाले वर्तमान सरकारले पनि मानविय र भौतिक विकासलाई नै जोड दिएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल कुसुम क्षेत्रमा निमार्ण गरिएको १ सय ३२ केभिएको विद्युत सवस्टेशन कोहलपुर र नेपालगजको भन्दा राम्रो विद्युत केन्द्र भएको बताउदैे राप्तीसोनारीको कुसुमका क्षेत्र तथा राप्तीपारीका स्थानहरुमा समेत २ महिना भित्र नै बक्ति बल्ने बताए ।
कुसुम ग्रामिण सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष तेजबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उद्दघाटन शत्रमा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष गेहेन्द्रकुमार खड्काले थिए भने कार्यक्रम उद्देश्यमाथि नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका स्थानीय पोषण केसीले प्रकाश गरेका थिए । कार्यक्रममा संघिय सांसद तथा पूर्व सभामुख ओनसरी घर्ती, महेश्वर गहतराज, कृष्णा केसी नमूना, नेकपाका नेता दिनेश चन्द्र यादव, उर्जा सचिवलगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्