19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँसगढीमा ट्राफिक सचेतना कार्यक्रमलाई तिव्र

रावन विश्वकर्मा
प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५  

बर्दिया/  बाँसगढीमा ट्राफिक सचेतना कार्यक्रमलाई तिव्र पारिएको छ । सुरक्षित सडक प्रयोग र ट्राफिक नियमका बारेमा जानकारी गराई सवारी दुर्घटना न्युनीकरणको लागि ट्राफिक सचेतना कार्यक्रमलाई तिव्र पारिएको हो ।

बाँसगढी क्षेत्रमा दिन प्रतिदिन सवारी दुर्घटना बढ्दै गइरहेका बेला ट्राफिक नियमका बारेमा जानकारी र सुरक्षित सडक प्रयोग गर्ने ज्ञान नभएर कुनै पनि दुर्घटना नहोस भनेर ट्रापिक सचेतना कार्यक्रमलाई तिव्र पारिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट बाँसगढीका प्रहरी साहायक निरीक्षक पुरुषोतम पौडेलले बताए ।

ईलाका प्रहरी कार्यालय बाँसगढी र ट्राफिक पोष्टको सक्रियतामा विद्यालय, क्याम्पस, सार्वजनिक स्थल, गाँउ, टोल र विभिन्न समुहहरुमा ट्राफिक नियमका बारेमा छलफल, सचेतना, ¥याली लगायतका कार्यक्रमसँगै जिल्लाको सुरक्षा योजना अनुसार दैनिक चेकिङ, मापसे चेकिङ्ग, गति नियन्त्रणका लागि चेकिङलाई बढावा दिइएको छ ।

शुक्रबार बाँसगढी एकेडेमिक पब्लिक स्कुलका विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसनी र ट्राफिक सचेतनासम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतम र अस्थाई ट्राफिक प्रहरी पोष्ट बाँसगढीका प्रहरी शाहायक निरीक्षक पुरुषोतम पौडेलले सहजीकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थीहरुले बाँसगढी क्षेत्रमा जेब्रा क्रसिङ, सड्कमा लाईनहरु पनि मेटिएको र ट्राफिक संकेतहरु पनि नभएको जिज्ञासा राखेका थिए । उनीहरुले लागुपदार्थ दुव्र्यसनी र दिन प्रतिदिन बढ्दै गएकाले यसबाट बच्ने उपायका बारेमा जिज्ञासा राखेका थिए ।

जिज्ञासाका बारेमा जवाफमा जेब्रा क्रसिङ, लाईनिङ र ट्राफिक संकेत राख्ने विषयमा सम्बन्धी निकायमा आग्रह गरिने अहिले कै स्थितिमा विद्यार्थीहरुलाई ट्राफिक नियम पालका विषयमा गम्भिर हुन आग्रह गरिएको साहायक प्रहरी निरीक्षक पौडेलले बताए ।

विद्यालयका प्रिन्सिपल श्रीधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, कक्षा ८,९ र १० मा अध्ययन गर्ने विद्यार्थी गरी करिब २ सय बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५     6:29:46 AM  |