18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

वडाको पहलमा सरसफाइ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५  

सल्यान/   सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नं. ४ र ५ मा पर्ने विभिन्न बजार क्षेत्रमा सरसफाइ गरिएको छ । ४ र ५ नं.वडा कार्यालय र बाँझकोट स्वास्थ चौकी च्युराको संयुक्त आयोजनामा बजार क्षेत्र सरसफाइ गरिएका हो ।

वडा कार्यालयहरुको पहलमा ५ नं. वडाको नाथेखोला बजार, च्युरा बजार र ४ नं. वडा कार्यालय रहेको गर्चेबजार सरसफाइ गरिएको वडा नं.४ का वडा अध्यक्ष मोमत रोकाले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा स्वच्छ बजार, घर आगन सरसफाइ गरौं स्वस्थ जीवन बनाऔँ भन्दै वडा अध्यक्ष वडा सदस्य वडा, वडा कार्यालयका कर्मचारी, स्वास्थ चौकी कर्मचारी, शिक्षक, विद्यार्थी , समाजसेवी वुद्धिजीवी र स्थानीय लगायतको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

अन्य टोलहरुमा सम्बन्धित वडा सदस्यको नेतृत्वमा वडाका टोलहरु सरसफाइ गरिने वडा नं.५ का वडा अध्यक्ष कमल बिकले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५     6:22:51 AM  |