बाँकेमा दुई सातादेखि लगाइएको निषेधाज्ञा हट्यो



कोहलपुर :
कोरोना कहरका कारण बाँकेमा लगाइएको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजे सकिदैछ । कोरोना संक्रमण समुदायस्तर मै फैलिएपछि बाँकेमा दुईसाता यता निषेधाज्ञा पटक पटक थपिदै आएको थियो ।

पछिल्लो पटक गत साउन १८ गते यहाँको स्थानीय प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधज्ञा गर्ने निर्णय गरेको हो ।

यता जिल्ल प्रशासन कार्यालय बाँकेले जारी निषेधाज्ञा तत्कालका लागि भने हटाउन लागिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले अब निषेधाज्ञा जारी नहुने बताए ।

उनका अनुसार निषेधाज्ञा हटाईएपनि कोरोना संक्रमणलाई मध्यनजर गर्दै नागरिक स्तरबाटै सतर्कता भने अपनाउनुपर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार