बाँके ।
कोहलपुर– ११ साझा चोकमा रहेको एक विद्युत प्राधिकरणको पोलमा आगलागी भएको छ । मंगलबार राति ८ बजेतिर बिजुलीको पोलमा आगलागी भएसँगै आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।
आगलागी कोहलपुर नगरपालिकाको दमकलले निभाएको वडा नम्बर ११ की वडाध्यक्ष कल्पना अधिकारीले जानकारी दिइन् । ‘विद्युत सर्ट हुँदा विजुलीको पोलमा रहेका केबुल तारहरुमा आगो लागेको थियो’ उनले भनिन्, ‘अहिले कोहलपुर नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइसकेका छौं ।’
नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुले अव्यवस्थित रुपमा तार टाँग्दा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगलागीका कारण नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुका तारहरु जलेको कोहलपुर प्रहरीले जनाएको छ । अहिले विद्युत आपूर्तीको लागि प्राविधिक टोलीले मर्मत शुरु गरेको नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्