कोहलपुुर ।
बाँकेको कोहलपुुर-११ साझाँ चोक नजिकै रहेको दिपेश नेपालीले चार कोठामा भाडामा बस्ने विद्यार्थीहरुलाई एक महिनाको भाडा मिनाह गर्ने भएका छन् ।
विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारणले महामारी फैलिएको समयमा नेपाल सरकारले एक महिनाको कोठा भाडा नलिने भनि निर्णय भएपश्चात आफुले यसलाई पूर्ण रुपमा समर्थन गर्दै उनले एक महिनाको भाडा मिनाह गर्ने भएका हुन् ।
चार कोठाको १२ हजार हुने नेपालीले जानकारी दिए । कोठा भाडामा बस्ने त्रिभुवन माध्यामिक विद्यालय र डाइनामिक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु रहेका छन् ।
जसमा विनिता रसाइली, धिरेन रसाईली प्रकाश वली, सन्दिप शाह रहेका छन् । कोठा भाडामा बस्ने प्रकाश वलीलेले एक महिनाको तीन हजार रुपैया तिर्ने गरेका थियौ तर घरवेटीले नदिने भनेपछि राहत महशुस भएको छ ।
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार









प्रतिक्रिया दिनुहोस्