25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

युवा व्यवसायी शाहले गरे खाद्य बैंकलाई सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

कोहलपुर  : बाँकेको बैजनाथका एक युवाले आफ्नो खाद्य बैंकलाई आर्थिक सहयोग गरेका छन् ।

निश्सल विक्रम शाहले कोरोनाबाट प्रभावितहरुको लागि शुरु गरिएको खाद्य बैंकलाई आर्थिक सहयोग गरेका हुन्

उनले नगद ५ हजार एक सय ५ रुपैयाँ सहयोग गरेको खाद्य बैंकले जनाएको छ ।

हाउस अफ म्युजिक कोहलपुरका सञ्चालक समेत रहेका शाह बाँकेमा सामाजिक कार्यमा विभिन्न समयमा सक्रिय रहदै आएका छन् ।

शाहले कोभिड प्रभावितहरुको लागि स्थानीय गरिएको खाद्य बैंकमा आफ्नो तर्फबाट पनि सहयोग होस भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

उनका अनुसार महामारीको समयमा सबैले आफ्नो तर्फबाट हुने सहयोग गर्नुपर्छ । यता कोभिड खाद्य बैंकले विभिन्न व्यक्तित्वहरुबाट सहयोग हुँदै आइरहेको बताएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     8:42:13 PM  |