21 June 2021  |   सोमवार, असार ७, २०७८

राज्यको तर्फबाट मात्र सबै कामहरु सम्भव छैनन्—मन्त्री बराल

कविन्द्र परियार
प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५  

कोहलपुर/   प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले राज्यको तर्फबाट मात्रै सबै कामहरु सम्भव नहुने बताएका छन ।

आईतबार कोहलपुरमा आयोजित वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) को २१ औं वार्षिक साधारण सभामाको उद्घाटन सत्रमा बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन । साथै मन्त्री बरालले आधुनिक युगको माग सगैं आम नागरिक र सरकारको समन्वयमा मात्र हरेक कामहरु गर्न सकिने सम्भवना रहेकोे बताए ।

साथै उनले पछिल्लो समयमा पारर्दशीताका क्षेत्रमा काम गर्ने संघ संस्थालाई समेत अपारदर्शीताको आरोप लाग्ने गरेको हुँदा गैर सरकारी संस्थाहरुले पारदर्शी भएर काम गर्नुपर्ने बताए । गैर सरकारी संस्थाहरु मुलधारबाट बाहिर जान नहुने समेत बताए त्यस्तै गैर सरकारी संस्थाहरु जुन नागरिकहरुको आवाज सरकार समक्ष पुगेको हुदैन त्यस्ता नागरिकहरुको फाइदा पुग्ने प्रकृतिका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले संस्थाले आम जनताहरुलाई सघिंयताका बारेमा जानकारी दिने खालका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए । साधारण सभामा संस्था अध्यक्ष धर्मलाल रोकायले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै मन्त्री बरालले आईतबार नै कोहलपुर स्थित योग तथा प्राकृतिक स्वास्थ्य समाजको द्धारा नव निर्मित सामुदायिक आयुर्वेदिक एवं प्राकृतिक अस्पताल भवनको समेत अवलोकन गरेका छन । सो क्रममा उनले आफुले सोचेको भन्दा छिठो काम भएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै उनले नेकपाको सम्पर्क कार्यालय कोहलपुरमा अगुवा कार्यकर्ता तथा जनप्रतिनिधि तथा संचारकर्मीहरु संग भेटघाट तथा समसमायिक विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद कृष्णा के.सी नमुना उद्योग वाणिज्य संघ प्रदेश नं ५ का सदस्य नरेन्द्र शर्मा, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, नेकपाका नेता गोपाल गिरी ,खिल प्रसाद भुषाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५     8:38:12 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *