कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका वडा नं १५ स्थित चन्हवाका स्थानीयबासी जिर्ण अवस्थामा रहेको काठेपुलमा यात्रा गर्न बाध्य छन । चन्हवा स्थित जेठीनालमा करिब ५ वर्ष अघि निमार्ण गरिएको सो पुल कोहलपुर नगरपालिकाको वडा नं १५ चन्हवा र बैजनाथ गाउँपालिका वडा नं ६ मचेरा जोडेने पुल भाच्चिएको अवस्थामा रहेको छ । सोही अवस्थामा अर्ध भाच्चिएको पुलबाट चन्हवाबासी जोखिम मोल्दै यात्रा गर्न बाध्य छन ।
नाला निकै गहिरो भएका कारण आधा भाच्चिएको अवस्थामा यात्रा गर्नपर्दा सास्ती खेप्नु परेको स्थानीयबासीले बताएका छन । बैजानाथ गाउँपालिका वडा नं ७ पेडारीका समी यादवले सो सो पुलबाट यात्रा गर्दा निकै डर लाग्ने गरेको बताए । पुल आधा भाच्चिएको अवस्थामा छ कसरी पारी जाने हो भन्ने चिन्ताले सताउछ उनले भने । त्यस्तै सोही स्थानका राम प्रसाद चौधरीले अर्का बाटो नभएका कारण सो भाच्चिंएको पुलबाटै जानुपर्ने बाध्यता रहेको बताए ।
चुनावमा भोट हालेर त जिताई सक्यिौ पुल चाही कहिले बन्ने हो । उनले भने । त्यस्तै सोही स्थानकी दुसानी चौधरीले पुल भाच्चिने डरले आफु अरुको सहारामा मात्र पुलबाट वारपार गर्ने गरेको बताईन । कोहलपुर नगरपालिका वडा नं १५ चन्हवाका शिव प्रसाद थारु पुल भांच्चिने डरले पुलबाट हिड्न छोडेको बताए ।
अर्का विद्यार्थी उपेन्द्र विष्टले चन्हवाबाट वनकटुवा जान ५ मिनेट मात्र लाग्नेमा घुमेर जानुपर्दा २० मिनेटको बाटो घुमेर जानुपर्ने बताए ।सो स्थानमा रहेको पुलको स्थानीयवासीले २ पटक सम्म मर्मत गरिसके पनि पछिल्लो समयमा पुलको दक्षिण तिरको विम भांच्चिएका कारण झन खतरा बढेको छ । हाल सो पुलबाट साईकिल र मोटरसाईकिल समेत जान नसकने अवस्था छ ।
पछिल्लो समयमा स्थानीयले काठ र भांच्चिएका विद्युतका पोलको सहारामा अड्याएर आवतजावत गर्ने बनाएका छन । वर्षेर्नी जेठीनालामा आउने बाढीले पुल भत्काउनुका साथै खेतहरु समेत कटान गरिरहेको छ ।
कोहलपुर नगरपालिका वडा नं १५ का वडाध्यक्ष पतिराम थारुले वर्षा मौसम सुरु भन्दा पहिले ३० हजारमा पुल मर्मत गरिए पनि पुल फेरी भाच्चिएको बताए । सो स्थानमा सिक्टा सिचांई आयोजनाले पुल निमार्ण गरिदिने भनेपनि हाल सम्म कुनै जानकारी नआएको बताए तर पनि सो स्थानमा पुल निमार्ण गर्नका पहल गरिरहेको उनको भनाई छ ।