कोहलपुर/ बाँकेको कोहलपुरपालिकाको नगरसभा विवादका सम्पन्न भएको छ । असार १० गते प्रारम्भ भएको नगरपालिकाको तेस्रो नगरसभा बिहिबार सम्पन्न भएको छ । सभाले रु. ६८ करोड ८२ लाख ७२ हजार रकमको बजेट सहित विनियोजन विधेयक पारित गरेको छ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७५÷०७६ को निति तथा कार्यक्रम, कोहलपुर नगरपालिका कृषि ब्यवसाय प्रवद्र्धन विधेयक, कोहलपुर नगरपालिका विपद् जोखिम न्यूनिकरण तथा व्यवःथा गर्न बनेको विधेयक र अनाथ तथा जोखिमयुक्त वालवालिका सामाजिक सुरक्षा कार्यक्रम ऐन (संचालन कार्य्विधि) २०७५ समेत पारित भएका छन् ।
कोहलपुर नगरसभाको तेस्रो सभामा नेपाली काँग्रेसबाट निर्वा्चित जनप्रतिनिधिहरुले नगर सभा अवरोध गरेका थिए । मेयर लुट बहादुर रावत र उपमेयर सञ्जु कुमारी चौरी र वडा अध्यक्षहरुको लामो छलफल पछि विवाद समाधान भए पछि नगरसभा सम्पन्न भएको हो ।
साथै बजेट विनियोजित गर्दा काँग्रेसका वडाहरुमा कम पारिएको र नीति तथा कार्यक्रममा समावेश गरेका योजनाहरुलाई बजेटमा समावेश नगरिएको भन्दै काँग्रेस सम्बद्व वडा अध्यक्षहरुले पनि विरोध जनाएका थिए । उपमेयर लगायत वडाअध्यक्षहरुले विरोध जनाएपछि मेयर रावतले नगरसभा स्थगित गरी छलफल गरी विवाद समाधान गरेका हुन् ।
त्यस्तै नगरसभा प्रारम्भ भएको मितिदेखि विषयगत समितिहरुले पेश गरेका र संघिय सरकारबाट सशर्त अनुदान प्राप्त हुने विभिन्न शिर्षकका बजेट तथा आन्तरिक राजश्वबाट प्राप्त हुने बजेटलाई समेत विनियोजन गरिने बिभिन्न शिर्षकहरु कार्यपालिकाका बैठकहरुमा छलफल हुँदै बिहिबारको नगरसभामा प्रस्तुत गरिएको थियो ।