विद्यार्थीद्धारा फलफूल वितरण



मिसन माचारदाता कोहलपुर २  चैत / बाँकेको कोहलपुर नपा १० स्थित तक्षशिला एकेडेमी स्कुलका विद्यार्थीहरुले बिहिबार विरामीलाई फलफुल वितरण गरेका छन । विद्यार्थीहरुले कौशल्या पोलि क्लिनिक पा.ली कोहलपुरमा रहेका करिब २० जना विरामीहरुलाई फलफूल वितरण गरेका थिए ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु आप्नै लगानीमा फलफूल वितरण गरिएको विद्यार्थीहरुले बताए । कार्यक्रममा बोल्दै कक्षा ८ प्रख्यात लम्सालले विरामीहरुको सेवाका लागि आफुहरुले विद्यालयमा अनुपस्थित हुदाँ र खाजा खर्च बचाएर विरामीहरु लाई फलफूल वितरण गरिएको बताए । त्यस्तै विद्यालयर्की अर्की छात्रा लक्ष्मी अधिकारीले आफूहरुले मानव सेवाका लागि सबै साथीहरु मिलेर विरामीहरुलाई फुलफूल वितरण गरिएको बताईन ।

विद्यार्थीहरु विरामीको छेउमै पुगेर फलफूल वितरण गर्नुका साथै स्वास्थ्यलाभको कामना समेत गरेका थिए । कार्यक्रममा बोल्दै पोलि क्लििनिकका प्रबन्ध निर्देशक राम न्यौपानेले मानव सेवा गर्नुपर्छ भनि विद्यार्थीहरुमा सोच आउनु प्रशसनिय काम भएको बताए ।

साथै क्लिनिकमा ६० वर्ष पुरा भएका सबै किसिमका विरामीहरुलाई १० प्रतिशत छुट दिएको बताउदै आगामी दिनहरुमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने बताए । फलफूल वितरण कार्यक्रममा विद्यालयका शिक्षक , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।्

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार