कर्णाली प्रदेशलाई अर्गानिक बनाइने



सुर्खेत/ कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो ।
कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णयलाई कार्यान्वयन गर्नका लागि आधार तयार गर्न बिहीबार राजधानी विरेन्द्रनगरमा मन्त्रालयले सरोकारवाला र विज्ञसँग छलफल गरेको छ ।
छलफल कार्यक्रममा कार्यक्रममा कृषि विज्ञ डा.कृष्ण पौडेलले साविकको कर्णाली क्षेत्र लगायत कर्णाली प्रदेश अन्तरगतका अन्नबाली, फलफूल र जडिबुटीको सम्भावनाको कार्यपत्र प्रस्तुत गर्दै कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश गराउन रासायनिक विषादीमा रोक, नीतिनियम निर्माण र खाद्य उपभोगको बानीलाई परिवर्तन ल्याउन जरुरी रहेको बताए ।
उनले ९० प्रतिशत किटाणु जैविक विषादीबाट पनि मार्न सकिने भएकाले प्रदेश सरकारले प्रदेशलाई अर्गानिक बनाउन सकिने बताए ।छलफलमा सहभागीहरुले कर्णाली प्रदेशमा कृषि क्षेत्रको सम्भावना भएकाले अर्गानिक प्रदेश बनाउन सबैभन्दा पहिले रासायनिक विषादीमा बिस्तारै रोक लगाउनुपर्ने सुझाव दिएका थिए ।
कर्णाली क्षेत्रमा उत्पादन हुने अन्नबालीको प्रोत्साहन गर्नुपर्ने सहभागिहरुले सुझाव दिएका थिए । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेशलाई अर्गानिक प्रदेश निर्माण गर्न सबै पक्षबाट सुझाव लिएर घोषणा गर्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १८ गते शुक्रबार