नेपालगञ्ज,१२ माघ/ बिहिबार नेपालगञ्जमा ‘प्रादेशिक महोत्सव २०७४’को भव्य समारोहका बीचउद्घाटन गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहका बीच महोत्सवको उद्घाटन गरेका हुन ।
आगामी माघ २२ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै प्रचण्डले नेपालगञ्ज ऐतिहासिक महत्वको शहर रहेको बताए । उनले संघीय संरचनाका आधारमा प्रदेश राजधानी बिभाजनमा केही समस्या देखापरेको उल्लेख गर्दै बाँकेवासीलाई अन्याय हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
संघीयतामा शक्ति बाँडफाँड अनिवार्य रहेकाले सबै सुविधाहरु एकै ठाँउ राख्न नमिल्ने भएपनि बाँकेमा रहेका पुर्वाधारहरुलाई अन्यत्रै लानेमा आफु सहमत नरहेको प्रचण्डले दाबी गरे । विकासका लागि राजधानी बाधक नहुने भन्दै प्रचण्डले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताए ।
देशमै पहिलो पटक प्रादेशिक महोत्सव संचालन गरिएको प्रति खुसी व्यक्त गर्दै प्रचण्डले भने, ‘मेरैकार्यकालमा नेपालगञ्ज उद्योग वाणिज्य संघलाई भोगाधिकार प्रदान गरिएको १० बिगाहाजग्गामा बहुउद्धेश्यीय सभागृह निर्माणगर्ने कुराले निकै उत्साही भएको छु, । त्यसका लागि अब बन्ने बाम गठबन्धनको सरकारले विशेष पहलगर्ने छ ।’
महोत्सवमा सहभागी हुन बाँके आएकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बाँकेलाई औद्यौगिक राजधानीको रुपमा विकास गरिनुपर्नेमा जोडदिइन् ।
आर्थिक संवृद्धिका लागि स्थायी सरकार आवश्यक रहेको भन्दै कार्यक्रमको विशिष्ट अतिथि समेत रहेकी राणाले अव बन्ने सरकारले आर्थिक संवृद्धिका लागि औद्योगिक क्षेत्रको विकासमा विशेष पहलगर्नुपर्ने बताइन् ।
महोत्सवको उद्घाटन अघि नेपालगञ्जउद्योग वाणिज्य संघको कार्यालयबाट हात्ति सहितको कलशयात्रा निकालिएको थियो । कलशयात्रा सहितको ¥याली नगरका विभिन्न स्थानहरुको परिक्रम गरी महोत्सव स्थलमा सडक डिभिजन परिसरमा पुगेको थियो ।
¥्यालीमा विभिन्नउद्योगी, ब्यापारीका साथै सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थाहरु ब्यानर सहित सहभागी भएका थिए । महोत्सव उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवर्षा समेत गरिएको थियो ।
११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालनहुने महोत्सवमा २ सय ६० वटा व्यवसायीक स्टलका अलावा ५ कृषि, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहितकुल ३ सय २१ स्टलहरु रहेका छन ।
५ लाख बढि दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगन्जउद्योग वाणिज्य संघका महासचिव अजयकुमार टण्डनले बताए ।
महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षाव्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरिएको छ । महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने छ ।









प्रतिक्रिया दिनुहोस्