ब्यापार ब्यवसायमा उन्नती प्रगती गर्नुछ भने अपनाउनुस, यी ४ टिप्स, मिल्नेछ धन र सफलता



यदि तपाईको ब्यापार ठिकसँग चल्यो भने तपाईलाई लखपति तथा करोडपतिसम्म बनाईदिन्छ । यदि ब्यापार घाटामा चल्यो भने तपाई रोडमा समेत पुराउदछ । कैयौ समय त हामी दिन रात नभनि कडा मेहनत गर्दछौ तर यसको बाबजुद पनि हामीलाई सफलता प्राप्त नहुन पनि सक्छ । यसका कैयौ कारण पनि हुन सक्छन् जसमा बास्तु दोष पनि एक कारण हुन सक्छन् । सकारात्मक उर्जाले घरमा खुशियाली तथा रोजगारमा सफलता मिल्छ यदि नकारात्मक उर्जा बढेमा हाम्रो साथमा दुख तथा असुभ घटना घट्न पनि सक्छ । यी सबै दुख कष्टको लागी बास्तुशास्त्रले कैयै उपायहरु बताएका हुन्छन् ।

बस्तुशास्त्रका अनुसार, अफिसमा भित्तातिर पिठ फर्काएर बस्नु शुभ मानिन्छ। भित्तामा पहाड वा हिमालको तस्बिर झुण्डाउनुस र यस्तो ठाँऊमा बस्नुुस जुन ठाऊ खुला छ। यस्तो स्थानमा तपाई भित्र खुला बिचारको प्रष्टफुटन हुन्छ।

यदि तपाई आफनो ब्यवसायलाई उच्च स्थानमा पुराउन चाहनुहुन्छ भने आफ्नो अफिस या ब्यवसायमा ईशान कोण (उत्तर दक्षिण) को ठाँऊ पूर्णतया खाली राख्नुहोस। यदि पुजा स्थल पनि ईशान कोणमा राख्नु भएको खण्डमा अझ झेरै लाभ मिल्नेछ। ईशानकोण को स्वच्छताले ग्राहकलाई आकर्षण गर्नेभएकाले यो स्थानलाई सधै सफासुग्गर पारेर राख्नुहोस। जुत्ता चप्पललाई कहिले पनि ईशानकोण को नजिक नराख्नुहोस, किन कि यसलाई अशुभ मानिन्छ र ब्यवसायमा नोक्सान पुग्न सक्छ।

यदि तपाईको आफ्नै ब्यापार ब्यवसाय छ भने व्यसाय सँग सम्बन्धित सामाग्रिहरुलाई उत्तर पश्चिम दिशातिर राख्नुहोस, जस्का कारण विक्रि बढ्नेछ। आफ्नो ब्यवसायको बृद्धिको लागि यस कुरालाई विशेष ध्यान दिनुस कि स्नानघर को नजिक सीट नराख्नुस। बस्तु शास्त्र अनुसार यो अशुभ मान्छि। यसका साथै आफ्नो ब्यवसायको मुख्य द्धारस्थल तिर पिठ फर्काएर कहिले पनि नबस्नुहोस। आफनो अफिसमा या ब्यवसायमा अंण्डाकार, गोलाकार तथा टेडोमेडो आकारवाला बस्तु या धातुका फर्निचर कहिले पनि नराख्नुहोस।

शिवजी तथा उनिसंग जोडिएका चिजबिज को माध्यमबाट हामी हाम्रो ब्यवसायसंग सम्बिन्धित समस्याहरु समाधान गर्न सक्दछौ। आफनो ब्यापार ब्यवसायलाई नकारात्मक उर्जा देखि टाढा राख्नका लागि व्यवसायका मुख्य प्रवेशद्धार नजिक एउटा रातो या सिन्दुर रंगको अ चिन्ह बनाउनुहोस। यसको साथै निलो रंगलाई भगवान शिवको प्रिय रंग मानिन्छ, त्यसैले पसल या अफिसको उत्तर दिशा तर्फ निलो रंगको ताजा फूल अवश्य राख्ने गर्नुहोस साथै हरेक दिन त्यसलाई बदल्ने गर्नुहोस। यस्तो गर्दा तपाईको ब्यापार ब्यवसायमा उल्लेख्य मात्रामा बृद्धि हुनेछ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १० गते बुधबार