4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

बढ्दो वेथितिका विरुद्ध मेरो उम्मेदवारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २९, २०७९  

नेपाली जनताले लामो राजनीतिक उतारचडाव व्यहोरेका छन् । जनता जहिलेपनि परिवर्तनको पक्षमा उभिएको इतिहास छ । नेपालमा अनेक व्यवस्था परिवर्तन भए । तर जनताको अवस्था परिवर्तन हुन सकेन । राजनीतिमा विदेशी हस्तक्षेप बढ्यो । राष्ट्रियता खतरामा पर्ने जोखिम बढ्यो । बढ्दो वेथितिका विरुद्ध मेरो उम्मेदवारी हो ।

नगेन्द्रबहादुर बुढाक्षेत्री-नेमकिपा उम्मेदवार बाँके ३

मैले लामो समय राष्ट्र सेवामा कृयाशिल भएर जनताको सेवा गरेको छु । अव जनताको जनप्रतिनिधिको रुमपा विकास गर्न मेरो उम्मेदवारी हो । देश र जनताको पक्षमा निडर र निस्पक्ष रुपमा जनताका आवाज बुलन्द गर्न मेरो उम्मेदवारी हो । शासक दलले गरेका बेथितिलाई जनतालाई बुझाएर देशको पक्षमा मतदान गर्न आह्वान गर्न मेरो उम्मेदवारी हो । मैले चुनावी ऐजेण्डा यस क्षेत्रको सम्मुनत विकास र जनताका आयस्तरमा बृद्धि गर्ने हो । विकासमा हुने बेथिति रोक्नको लागि म क्रियाशिल रहनेछु ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २९, २०७९     7:53:48 PM  |