यम घिमिरे बर्दिया,८ माघ/ बाँके,बर्दिया,कैलाली र कञ्चनपुरमा सिंचाइँ मन्त्रालय अन्तरगत सञ्चालित राष्ट्रिय गौरवका, साना, ठूला सिचाई आयोजनाहरुको स्थलगत निरीक्षणद्वारा अधावधिक स्थितिको सिंचाइँमन्त्री संञ्जयकुरमार गौतम आइतवार जानकारी लिएका छन् ।
मन्त्री भएको ५ महिनाको अवधिमा मन्त्री गौतमले राष्ट्रिय गौरवका बबईसिंचाइँ रानीजमरा,महाकाली सिंचाइँ आयोजनाको पछिल्लो प्रगति स्थिति र भइरहेको काम बारे जानकारी लिदै गुणस्तरीय काम निर्धातिर समयमा नै सम्पन्न गरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलाई कृषि हब बनाउने आफनो सपना साकार बनाउन कर्मचारी, निर्माण व्यवसायी सबैलाई आग्रह गरे ।
उनले नंयाँ मुलुकका रुपमा चिनिने दाङ, बांके बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरुमा संमृद्धिको आधार कृषि, पर्यटन जलविधुत नै रहेको स्मरण गर्दै मन्त्री गौतमले नदीहरुको उचित व्यवस्थापन गरी किसान तथा सर्वसाधरणहरुमा खेतीका लागि सिंचाइँ र विद्युत पर्याप्त मात्रामा उपलब्ध गराउन सरकार लागि परेको प्रष्ट समेत पारे ।
सिचाईमन्त्री गौतमले सिंचाइँ विभागका महानिर्देशक अशोक सिंह जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकर राज भण्डारी, महाकाली सिंचाइँ आयोजनाका क्षेत्रीय निर्देशक महेन्द्र बडु, रानीजमरा सिचाई आयोजनाका प्रमुख सुशील आचार्य, बबई सिंचाइँ आयोजनाका प्रमुख रमेशबन्धु अर्याल, कर्णाली नदी नियन्त्रण आयोजनका प्रमुख धर्म न्यौपाने लगायतसँग व्यतिmगत र सामुहिक बैठक गरी परियोजनाको उदेश्य बमोजिम आयोजनाको निर्माण कार्य तीव्र र प्रभावकारी बनाउन आवश्यक निर्देशन र सुझाव पनि दिए ।
मन्त्री गौतम सहित, कञ्चनपुर काँग्रेस सभापति हरि बोहरा, बर्दिया उपसभापति मिश्री लाल यादव, सचिव जंगबहादर मल्ल, महासमिति सदस्यहरु विजय दत्त देवकोटा र सोदे बिष्ट, जिल्ला सदस्य उदय लम्साल, काँग्रेस बर्दियाका पूर्व सचिव भोजराज जोशी, नेवि संघ बर्दियाका उपाध्यक्ष विशेष गौतम, प्रेस क्लब अध्यक्ष यम घिमिरे लगायतले कैलालीमा संचालित रानीजमरा र मोहना,बर्दियामा संचालित बबई सिचाई तथा कर्णाली नदी नियन्त्रण आयोजना, कञ्चनपुरमा संचालित महाकाली सिचाई आयोजना अन्तरगतका भइरहेका निर्माण कार्यहरुको स्थलगत निरीक्षण गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्