नेपाल जस्तो सानो मूलुकले संघियता धान्न सक्दैन नेपालमा अस्थिरता मच्चाउन र नेपाललाई आफ्नो प्रयोगशाला बनाउन विदेशीले जबर्जस्ती नेपाललाई संघियता लादिदिएका हुन् भनेर संघियताको खरो विरोध गर्ने र आफ्ना जबर्जस्त तर्क व्यक्त गर्ने नेता हुन् संयुक्त जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी।
सगरमाथा टेलिभिजनको कार्यक्रम सगरमाथा विशेषमा कुराकानी गर्दै केसीले भने – जसरी पनि संविधान संशोधन गराउँने प्रपन्च अनुरुप कांग्रेस,माओबादि र राजपालाई एकै कित्तामा उभ्याउनु जरुरी छ। त्यसको लागी दुई नम्बर प्रदेशको रोकिराखेको चुनाबमा जानु भनेर अर्हाएकोले दुई नम्बर प्रदेशको चुनाब सम्भव भएको हो। केसीले घुमाउरो पारामा भारतलाई लक्षित गर्दै भारतकै निर्देशनमा राजपा चुनाबमा गएको कुराको खुलासा गरे।
नेपाल अर्ध-औपनिवेशिक अवस्थामा रहेको कुरा कतैबाट नछुपेको भन्दै नेपालका शासकहरु मात्रै होइन ब्यूरोक्रेसी समेत भारतको हितमा काम गर्ने गरेको आरोप लगाए।
नेपालमा संघियताको दुष्परिणाम देखिन् बाकी नै रहेको भन्दै चुनाव हुँदैमा संघियता सफल र कार्यान्वयन भयो भन्नु गलत हो। नेपालमा संविधान र संघियता पूर्ण असफल भएर पुरानै ठाउँमा फर्किने र अहिलेको संविधान खारेज हुने कुराको ठोकुवा गरे।
२०४७ सालमा बनेको संविधान जनताले च्यात्छन् भन्ने कसैले कसले कल्पना गरेको थियो ? प्रतिप्रश्न गर्दै केसी भन्छन् यो संविधान च्यात्दैनन् भन्ने के ग्यारेन्टि ? अहिले संविधान बनाउने प्रमुख दलहरु समेत यो संविधानप्रति ढुक्क नरहेको दाबी गरे।
राजा महेन्द्र राष्ट्रियताको पक्षमा थिए। महेन्द्रले विदेशी हस्तक्षेपलाई निष्तेज पारेका थिए। २०२७ सालमा उत्तरी सिमाबाट भारतीय सैनिक क्याम्प हटाउनु, कोदारी र पूर्वपश्चिम राजमार्ग बनाएर देशमा उधोगधन्दा खोल्नु जस्ता देशको हितमा प्रशस्तै काम गरेको भन्दै राजा महेन्द्रको खुलेरै प्रशंसा गरे केसीले।
विदेशी नागरिकलाई सरकार प्रमुख,राष्ट्र प्रमुख र सेना प्रमुख बनाउने हिन्दी भाषालाई कामकाजी भाषा बनाउनु पर्छ भनेर प्रचण्ड र शेरबहादुरको पार्टीले भनेको आरोप केसीले लगाए।
प्रधानमन्त्री देउवाले भारत भ्रमणमा गएर भारतीय प्रधानमन्त्री मोदी समक्ष दुई तिहाई बहुमतले तपाईहरुको चाहना अनुसार संविधान संशोधन गर्छु भनेर बाँचा गर्ने देउवा जस्ता शासक भएकाले नेपाल नजोगिने भन्दै यदि नेपाल राष्ट्र बचाउँने हो भने नेपाली जनताहरु मिलेर संघियता खारेज गर्नुपर्छ भन्दै यहि संघियताको आडमा नेपाल सिध्याउने खेल भएको भन्दै केसीले चिन्ता प्रकट गरे। पाना खबर
हेर्नुहोस भिडियो









प्रतिक्रिया दिनुहोस्