फोरमको विजय जुलुसमा कांग्रेसको अबरोध, प्रहरीद्वारा ३३ राउन्ड हवाई फायर



इन्दिप कोइराला बारा, २७ मंसिर /बाराको क्षेत्र नम्बर २ स्थित बेलदारीमा संघीय समाजवादी फोरम नेपालको विजय जुलसमा कांग्रेसका कर्याकर्ताद्वारा अबरोध गर्न खोज्दा तनावग्रस्त भएपछि स्तिथि नियन्त्रण लिन प्रहरीले ३३ राउन्ड हवाई फाएर गरेको छ ।

उक्त क्षेत्रमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामसहायप्रसाद यादव विजयी भएका हुन् । थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहको टोली घटनास्थलमा जाँदै  छ । बिस्तृत विवरण आउन बाँकी ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २७ गते बुधबार