साटाफाँट बस्तीका ३० घरधुरीले २ देखि ९ वटासम्म भैँसीपालन गरेका छन् । उनीहरू सबैले दैनिक १८ लिटरदेखि ५० लिटरसम्म दूध उत्पादन गर्दछन् । दैकिक बिहान ६ बजे र दिउँसो ४ बजे २ पटक दूध दुहेर बिक्री गर्दै आएका हुुन् । उनीहरू सबै प्रगतिशील कृषि तथा दूध संकलन केन्द्रमा आबद्ध छन् । यस संकलन केन्द्रलाई कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतले दुग्ध मूूल्य श्रृंखला कार्यक्रमअन्तर्गत सहयोग गर्दै आएको छ । उक्त सहयोगको फाइदा सबै किसानले समानरूपले लिएका छन् ।
नन्दराम जैशी । सुर्खेत ।
‘पहिले पहिले दूध बेच्नका लागि हिँडेर वीरेन्द्रनगर बजार जानुुपथ्र्यो । त्यसैमा जंगलको बाटो । लुटपाट र बलात्कार जस्ता घटनाको त्रास हुन्थ्योे,’ इन्द्राकुुमारी तिमिल्सिनाले भनिन्, ‘अहिले झिसमिसे उज्यालोमै दूध किन्न डेरी व्यवसायी घरमै पुुग्छन् । यसले न बजार धाउने पीडा छ, नत जंगलको बाटोको त्रास ।’
उनी लेकवेशी नगरपालिका–१० साटाफाँटकी भैँसीपालक किसान हुन् । हाल उनीसँग २ वटा भैँसी र ३ वटा गाई छन् । जसमा ३ वटा दुुहुुना छन् । दूध बेचेरै उनले वार्षिक ९÷१० लाखको कारोबार गर्दै आएकी छिन् ।
‘हरेक दिन बिहान ४ बजे उठ्नुपर्छ । गाई, भैँसीलाई घाँस हालेर दुुहुँुदा दुुहँुुदै उज्यालो हुन्छ । दूध किन्न डेरी व्यवसायी पनि घरमै आइपुुग्छन्,’ उनले थपिन्, ‘दैनिक सरदरमा ४०–५० लिटर दूध उत्पादन हुन्छ । यही दूध बेचेरै कमाएको पैसाले छोरालाई बोर्डिङ स्कुल पढाएकी छुु भने घरखर्च सजिलै चलेको छ । पशुुका लागि आहारा तथा उपचार खर्च गरेर पनि मासिक केही रकम बचत हुन्छ ।’
दूध बेचेर आफ्नो जीवनशैलीनै परिवर्तन भएको इन्द्राकुुमारी बताउँछिन् । उनको यो व्यवसायमा प्रायः सासु, ससुुराले नै बढी सघाउँछन् भने उनका श्रीमान घरबाहिरको काममा व्यस्त रहन्छन् । भैँसीपालन व्यवसायबाट दूध बेचेर कमाएको पैसाले उनको परिवारले सुुख र खुुसीको महसुुश गरेका छन् ।
अन्न उत्पादनभन्दा पशुुपालनबाट मनग्य फाइदा हुने उनको अनुभव छ । ‘५ कट्ठा जग्गामा धानखेती गर्दा ३० हजार मात्रै कमाइ हुन्थ्यो । अहिले दूध बेचेरै मासिक ३० हजारबढी कमाइ हुन्छ,’ उनले भनिन्, ‘गाउँमै बसेर भैँसीपालन गर्दा कामका लागि विदेशिनु परेको छैन । घरमै खुसीले काम गरेर सुखले खान पाइएको छ । गाई, भैँसी खोरदेखि घर, आँगन र व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन समय पुगेको छ ।’
उनी एक उदाहरणीय पात्र मात्रै हुुन् । साटाफाँट बस्तीका ३० घरधुरीले २ देखि ९ वटासम्म भैँसीपालन गरेका छन् । उनीहरू सबैले दैनिक १८ लिटरदेखि ५० लिटरसम्म दूध उत्पादन गर्दछन् । दैकिक बिहान ६ बजे र दिउँसो ४ बजे २ पटक दूध दुहेर बिक्री गर्दै आएका हुुन् । उनीहरू सबै प्रगतिशील कृषि तथा दूध संकलन केन्द्रमा आबद्ध छन् । यस संकलन केन्द्रलाई कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतले दुग्ध मूल्य श्रृंखला कार्यक्रमअन्तर्गत सहयोग गर्दै आएको छ । उक्त सहयोगको फाइदा सबै किसानले समानरूपले लिएका छन् ।
संकलन केन्द्रका अध्यक्षसमेत रहेका कृषक डिल्लीप्रसाद ढकालका अनुसार यस कार्यक्रमको सहयोगपछि किसानलाई भैँसीपालनमा सहज भएको छ भने दूध उत्पादन वृद्धि भएर जीविकोपार्ननमा सुुधार आएको छ । दुग्ध मूूल्य श्रृंखला कार्यक्रमअन्तर्गत सबै किसानले गाई, भैँसीपालनका लागि भकारो सुुधारको काम जारी राखेका छन् ।
यो कार्यक्रमबाट घाँस काट्ने मेसिन, खेत जोत्ने मेसिन, धान काट्ने र आलुु ड्याङ पार्ने मेसिन किसानलाई सहयोग गरिएको छ भने कुटानी पिसानीमा सहजताका लागि २ वटा मिल सञ्चालन गरिएको छ । उक्त औजारको प्रयोगले किसानलाई काममा छिटो छरितो हुनुका साथै कार्यबोझ निकै कम भएको ढकालले बताए ।
‘पहिले ४ माना दूध बेच्नका लागि पनि दूध बोकेर वीरेन्द्रनगर बजार जानुुपथ्र्यो । त्यसैमा कत्तिले दूध बेच्ने भनेर गिज्याउँथे, कत्तिले उधारो भन्दै ठग्दथे,’ उनले भने, ‘कहिलेकाहीँ त दूध बेचेको पैसाले खाजा, खाना खाँदा रित्तै घर आउनुुपथ्र्यो । अहिले दूध किन्न व्यवसायी घरमै पुुग्छन् । न ठगिने चिन्ता छ, न त बजार धाउने पीडा ।’
हाल उनीसँग २ वटा भैँसी छन् । दूध बेचेरै उनले वर्षमा १ लाखबढीको कारोबार गर्दै आएका छन् । दूध उत्पादनले समग्र साटाफाँटवासी किसानको जीवनशैली फेरिएको छ । नियमित दूधजन्य पदार्थको सेवनले स्वास्थ्यमा सुधार आएको छ भने दूध बेचेर कमाएको पैसाले बालबालिकाको शिक्षामा लगानी गर्न सहज भएको छ ।

गोठेमल धमाधम बिक्री
साटाफाँटका किसानले उत्पादन गरेको दूध मात्रै होइन । मल पनि धमाधम बिक्री हुन थालेको छ । दूधसँगै गोठेमल पनि बिक्री हुँदा यहाँका किसान निकै खुसी भएका छन् भने उनीहरूको थप आम्दानीको स्रोत पनि बढेको छ । आफ्नो खेतबारीमा प्रयोग गरेर बाँकी रहेको मल उनीहरूले बिक्री गर्दै आएका छन् ।
म्ल किन्न किसान तथा व्यवसायीहरू घरमै आइपुुग्ने गरेको कृषक लक्ष्मी लामिछानेले बताइन् । उनका अनुसार प्रतिट्याक्टर ट्रलीको ३ हजार ५०० देखि ४ हजार रूपैयाँँसम्म मल बिक्री हुने गरेको छ । यस वर्ष उनले ३ ट्रली बढी मल बिक्री गरेकी छिन । ‘खेतबारीमा अन्न उत्पादनभन्दा पशुपालनका लागि आवश्यक घाँस खेती गर्दा बढी फाइदा हुने रहेछ,’ उनले भनिन्, ‘पहिले कुनै रोग लागेर पशु चौपाया मर्दा रोएरै कट्टा हुन्थ्यो, तर अहिले बीमा गर्दा रुनुपर्ने दिन पनि गए ।’
दुग्ध मूूल्य श्रृंखला कार्यक्रमबाट पाएको मेसिन, औजारको सहायताले भैँसीका लागि घाँस तथा अन्नबाली काट्नदेखि लगाउनसम्म सहज भएको उनले बताइन् । यसले घाँसका लागि दिनभर जंगल धाउनुुपर्ने पीडा अन्त्य भएको उनको भनाइ छ । उनले भनिन्, ‘हाल मैले गोठेमलसँगै दैनिक २० लिटर दूध बिक्री गर्दै आएकी छु । चिसोको समयमा धेरै दूध उत्पादन हुन्छ । तर त्योबेला बिक्री कम हुँदा समस्या हुन्छ ।’
दूध कम बिक्री हुने महिनामा छुर्पी, मिठाइ लगायतका परिकार बनाउने तालिम र उपकरण सहयोग गरिदिन साटाफाँटवासीले अनुरोध गरेका छन् । यस्तै भकारो सुुधार गरेपनि गाई, भैँसीका लागि बस्न म्याटको आवश्यकता रहेको कृषक विष्नुप्रसाद सुवेदीले बताए ।
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका पोषण कार्यक्रम अधिकृत रुद्र आचार्यका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका ५८ वटा स्थानीय तहमा दुग्ध मूल्य श्रृंखला कार्यक्रम लागुु भएको छ । यो कार्यक्रममा २४३ वटा समूह, सहकारी आबद्ध छन् भने ६ हजार ९०१ घरधुरी लाभान्वित भएका छन् । जसमा सुदृढ बजार सम्बन्ध भएका समूहको सङ्ख्या ८२ वटा रहेको आचार्यले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्