16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

भन्सार छलीको डिजेल बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८  

कोहलपुर ।

बर्दियामा सशस्त्र प्रहरी बलले भन्सार चोरी पैठारी गरेर भारततर्फ लैजादैं गरेको अवस्थामा डिजेल बरामद गरेको छ । भारतीय सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका विभिन्न युनिटहरुले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा डिजेल नियन्त्रणमा लिएका हुन् ।

बिहीवार समेत नेपालबाट भारततर्फ चोरी निकासी गरेर लैजादै गरेको अवस्थामा १ सय २० लिटर डिजेल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण गुलरियाले जनाएको छ ।

सशस्त्र प्रहरी बलले ओसारपसारमा संग्लन ३ जना व्यक्तिहरुलाई पक्राउ समेत गरेको थियो । डिजेल, मानिस र साईकल गरेर ३४ हजार ८ सय मुल्यको अवैध सामान छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण गुलरियाले जानकारी दिएको छ ।

ओसारपसारमा संलग्न ३ वटा साईकलको मुल्य १७ हजार ४ सय र ३ जना ब्यक्तिहरुको धरौटी रकम १७ हजार ४ सय रहेको थियो । नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मुल्य बढी भएकाले पछिल्लो समय खुल्ला नाकाको फाइदा उठाउँदै भारततर्फ पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८     8:59:34 AM  |