विकास र संवृद्धिको लागि वाम गठबन्धन बनाएका हौं : केपी ओली



नेपालगञ्जर, ११ मंसिर/  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी सरकार बनाएर नेपालको विकास र संवृद्धिका लागि वा गठबन्धन बनाएको बताएका छन् ।

चुनावी सभालाई सम्वोधन गर्न निर्धारित समयभन्दा ढिलोगरि सोमबार नेपालगञ्ज आइपुगेका ओलीले नेपालगन्जको त्रिभुवनचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दौ अब नेपाली जनताले मुहार फेर्ने दिन आएको र त्यो बाँकेवासीले पनि प्राप्त गर्ने बताए ।

ओलीले विकास र संवृद्धि चाहने सबै नेपालीले वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरे । ओलीले सभालाई सम्वोधन गर्दै भने, तपाईहरु लामो समयदेखि धैर्यता पूर्वक पर्खेर बस्नु भएको छ क्षमा चाहान्छौ, हाम्रा कारणले लामो समय कुर्नु पर्यो ।’

उनले आफु लुम्बिनी, भैरहवा र गुलरियामा आयोजित आमसभालाई सम्वोधन गरेर नेपालगञ्ज पुग्दा निर्धारित समय भन्दा केही ढिलो पुगेको बताए ।
सभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने–‘यस निर्वाचनबाट नेपालले स्थीर सरकार पाउने छ र त्यो सरकारले गर्ने विकास र समृद्धिले आफू सिद्धिन्छौं भन्ने लागेकाहरु वाम गठबन्धनको सरकार तानाशाही हुन्छ भन्ने भ्रम छर्दैछन् ।

त्यसमा कुनै सत्यता नभएको र त्यसकोपछि नलागि ढुक्क भएर वा गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरे । ओलीले थपे, अब वामपन्थीहरुको बहुमतको सरकार बन्छ, त्यो सरकार पाँच वर्ष चल्छ, त्यो सरकार कसैले ढाल्न चाहेर ढल्दैन ।’

ओलीले नेपालगन्जको सामाजिक सद्भाव तथा ऐतिहासिक नगरलाई शिक्षा, स्वास्थ्य, औद्योगिकिकरण, चक्रपथ, बाटोघाटोको विकास गर्नका लागि ठोस योजनाका साथ बाम गठबन्धनले चुनावी मैदानमा लागेको बताए ।

उनले राँझामा रहेको विमानस्थलको स्तरोन्नती गरी ठूला जेट प्लेन बस्न मिल्ने गरी विकास गर्ने, सिक्टा सिचाई, राप्ती किनारमा तटबन्ध गरी बाढीपीडितलाई सुरक्षित बसोबासको लागि पहल गरिने बताए ।

उनले आफ्नो पार्टीले खासगरी मुस्लिम समुदायका तथा अन्य समुदायको समस्याप्रति अत्यन्त संम्वेदनशील रहेको बताउदै रमजानको बेलामा निर्वाचन तोकिदा आफुले सदनमै विरोध गरेको स्मरण गराए । सो सभालई माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा बादलले सम्बोधन गर्दै नेपाली जनताको झण्डै छ दशक देखिको नेपालका वामपन्थीहरु एक भएर राष्ट्रको मुहार फेर्ने सपना पुरा गर्नकै लागि वाम गठबन्धन गरी चुनावमा साझा उम्मेदवार सहित आएको बताए ।

साथै बादलले नेकपा एमाले र माओवादी केन्द्र एउटै पार्टी बनाउने संकल्प सहित संयूक्त गठबन्धन बनाएका कारण कोही पनि दुविधामा नपरि ढुक्कसँग गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्र गरे ।

त्यस्तै गरी सोमबार नै बर्दियाको गुलरियामा वाम गठबन्धनको आयोजनामा भएको विशाल चुनावी सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा (बादल) ले सम्वोधन गरेका थिए ।

गुलरियामा आयोजित सभामा वाम गठवन्धन बनेको र निर्वाचनपछि कम्युनिष्टहरुको स्थिर सरकार बन्छ भन्ने विश्वास भएपछि दशौं हजारको जनसागर चुनावी सभामा उर्लिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार