19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

अर्गानिक तरकारी खेती गर्दै भुतपुर्व सैनिकहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४  

कविन्द्र परियार,  कोहलपुर, १९ भदौ, सरकारी जागिरको अवकाश पछि अधिकांश व्यक्तिहरु आरामका साथ दिनहरु बिताइरहेका हुन्छन । तर कोहलपुर न .पा.– ११ का ५८ वर्षिय सरविर खत्री लाई भने उक्त कुराले छुन सकेन । नेपाली सेनाको हवल्दार मेजर बाट अवकाश लिएपछि उनी अहिले भुतपुर्व सैनिकहरुलाई एकिकृत गर्दै व्यावसायिक तरकारी खेतीमा जुटेका छन ।
भुतपुर्व सैनिक सहकारीको स्थापना र भुतपुर्व सैनिकहरुलाई एकिकृत गर्दै व्यावसायिक तरकारी खेतीको सुरुवात गरेका खत्रीले १८ वर्ष राष्ट्रको सेवा गरेको र अब व्यावसायिक तरकारी खेती गरी कृषि क्षेत्रलाई समुन्नत बनाउने योजना रहेको बताए ।
खत्री सहित ५ जना भुतपुर्व सैनिकको टिमले बैजनाथ गाउँपालिकाको मकैबारीमा ३ बिगाहा जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन । राष्ट्रिय कल्याणकारी बोर्ड तथा इन्भेष्टमेन्ट बैंकको सहकार्यमा करिब ३७ लाखको लागतमा सो क्षेत्रमा व्यवसायिक तरकारी खेती गरिरहेको सहकारीका अध्यक्ष खत्रीले
बताए । खत्री सँगै अर्का कोहलपुरका ५२ वर्षिय भु .पु .सैनिक इन्द्र बहादुर पगांली पनि व्यवसायिक तरकारी खेतीमा लागेका छन ।
साना तथा मझौला कृषक आयस्तुर वृद्धी आयोजना बाट रु १७ लाख सहयोग प्राप्त गरेपछि  भुतपुर्व सैनिक साथी हरु मिलेर आफु पनि व्यवसायिक तरकारी खेतीमा लागेको पंगालीको भनाई छ, दैनिक ३० देखि ४० किलो तरकारी उत्पादन गर्छौ, काममा समेत आफै  खटिन्छौ पंगालीले भने । बैजनाथ २ मकैबारीका अर्का नेपाली सेनाको हवलदारबाट अवकाश लिएका भुतपुर्व सैनिक पे्रम चन्द पनि यस व्यवसायमा तन मनका साथ लागेका छन । ‘१८ वर्ष देशको सेवा
गरियो ,अब अर्गानिक तरकारी खेतीमा जेटेका छौ ,उनले भने अपकाश पछि अनावश्यक तास खेलेर समय खेर फाल्नु भन्दा व्यवसायिक तरकारी खेतीमा लागेर केही न केही आम्दानी उचीत  लाग्यो ’।
उनलाई व्यवसायमा उनीकी श्रीमतीले समेत उनलाई सघाई रहेको उनी बताउँछन । उनीहरु नियमित काममा खटिने गरेका छन । अवकाश प्राप्त कोहलपुरका अर्का सैनिक लक्षु पुन पनि नियमित तरकारी बारीमा खटिने गरेको बताउँछन ।  अपकाश पछि व्यवसायिक अर्गानिक तरकारी खेतीमा जुटेका
छौँ, बन्दुक बोकेर आएका सैनिकले के व्यवसायिक तरकारी खेती गर्लान भन्थे, अहिले तरकारी खेतीबाट सेनाले पनि काम गर्न सक्छन भन्ने देखाई दिएका छौ ,उनले भने, पहिलो चरणमा ५० वटा बासका टनेल निर्माण गरी व्यवसायिक तरकारी खेती गरेका सैनिकहरुले मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्ने गरेका छन । त्यहाँ उत्पादन गरिएको तरकारी कोहलपुर तथा नेपालगंजका बजारहरुमा खपत हुने गरेको छ । भुपु सैनिकहरुले अहिले तरकारी सँगैे माछा तथा कुखुरा समेत पाल्न सुरु गरेका छन ।  उनीहरुलेबैजनाथगाउपालिकाको पुल्चोकमा१० बिगाह क्षेत्रमा समेत काष्ठ जन्य सागुन , मलेसियन साल ,वर्मेली ट्रिक लगायतका विरुवा समेत वृक्षारोपण गरेका छन । जिल्ला कृषी कार्यालय बाट थप सहयोग पाएमा नमुना तरकारी क्षेत्र बनाउने भु पु सैनिकहरुको योजना छ ।

प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४     1:23:56 PM  |