21 June 2021  |   सोमवार, असार ७, २०७८

ई–पाटी र प्रधानाध्यापकको मेहनतले नमुना विद्यालय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४  

कविन्द्र परियार, कोहलपुर, ०६  भदौ / बाँके राप्तीसोनारी —८ बालापुरस्थित जनशक्ति आधारभुक्त विद्यालय श्रोत केन्द्रकै नमुना विद्यालय बनेको छ । विद्यालयमा ई—पाटी शिक्षा, शैक्षिक उपलब्धि, प्र.अको मेहेनत र अभिभावकको सक्रियताको कारण विद्यालय नमुना भएको मदुई स्रोत केन्द्रका स्रोत व्यक्ति विष्णु शर्माले बताए ।
विद्यालयमा ई—पाटी शिक्षण सुरु भएदेखिनै आफु कक्षामा गयल नभएको, ४ कक्षामा अध्ययनरत गरिरहेका विद्यार्थी मोहन खनालले बताए । ई—पाटीबाट पढ्दा निकै रमाइलो हुन्छ, पढेका कुरा पनि प्रष्ट बुझिन्छ, उनले भने ।
त्यस्तै सोही कक्षाकै अमृता खत्रीले पाठ्यक्रममा भएका सबै कुराहरु ई—पाटीमा समेत हुने भएकाले पढेको कुरा नबिसर्ने र पढ्दा आनन्द आउने बताइन् । ई—पाटी पाठ्यक्रमको सबै विषयवस्तु सहित तयार गरिएको अटो सेभ सहितको कम्प्यूटर पद्धति हो । एकिकृत पाठयोजना बनाएर ई—पाटीबाट अध्ययन गराउँदा निकै प्रभावकारी र सिकाई स्तर राम्रो हुने हुँदा ई—पाटीले विद्यालयको सिकाई राम्रो बनाउन सहयोग गर्ने गरेको शिक्षक अर्जुन खनालले बताए ।
ई—पाटीबाट गर्दा सिकाई उपलब्धि राम्रो भएको हुँदा अभिभावक खुसी हुने गरेको अर्का शिक्षक वेद प्रसाद वलीले बताए । ई—पाटीबाट अध्ययन गराउँदा बालबालिका उत्सुक हुने र नयाँ कुराको अनुभव हुने हुँदा ई—पाटीबाट राम्रो सिकाई उपलब्धि प्राप्त गर्ने सकिने । अर्की शिक्षीका झुमा वलीले बताइन् । ‘नेपाल सरकार शिक्षा मन्त्रालय तथा साझा शिक्षाले सो विद्यालयमा ५ वर्ष अघि ४० वटा ई—पाटी उपलब्ध गराएको थियो ।
सो विद्यालयमा हाल कक्षा २ देखि ६ सम्म नियमित ई—पाटीबाट पढाई हुने गरेको छ । सबैले गरौ भन्ने भावना राखेपछि विद्यालयलाई नमुना बनाउन सकिने रहेछ । मलाई चोतर्फी सहयोग भएका विद्यालयलाई नमुना बनाउन सकेका हौ ।” विद्यालयका प्रध्यानाध्यापक मोहन खनालले बताए ।
विद्यालयमा दरबन्दी कम भएको छ । निजी स्रोतका शिक्षकलाई तलब व्यवस्थापनका लागि कसैले सहयोग गरे थप नमुना विद्यालय बनाउन सक्छौ, उनले भने । विद्यालय राम्रो बनाउन अभिभावक समेत उतिकै सक्रिय रहेको अभिभावक सुशिला खत्रीले बताइन् । जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले
सो विद्यालय जिल्लामा रहेका नमुना विद्यालयहरुको सूचिमा पर्ने बताए । ‘प्रध्यानाध्यापकको लगनशिलता र मेहेनत र ई–पाटीको कारण विद्यालय अत्यन्तै राम्रो भएको छ, विद्यालयको शैक्षिक उपलब्धि देखेर म पनि खुसी छु ।’ उनले भने । आगामी आर्थिक वर्षमा भवन निर्माणको योजना रहेको र थप शिक्षक दरबन्दीको समेत व्यवस्था गरिने साउदले बताए ।

प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४     11:59:14 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *