20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

मानव अधिकारमैत्री स्थानीय तह बनाउनुपर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४  

कोहलपुर, ३० असार / कोहलपुरमा आयोजित एक कार्यक्रमका सहभागीले मानव अधिकारमैत्री स्थानीय तह बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार कोहलपुरमा भएको लोकतान्त्रिक राज्यमा नागरिक समाजको भूमिकाः चुनौतीको सामना र अवसरको प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले मानव अधिकारमैत्री स्थानीय तह बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले कोहलपुर नगरपालिकालाई मानव अधिकारमैत्री नगरपालिकाका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले यसमा सबैको साथ हुनुपर्ने बताए । साथै नगरपालिकामा कर्मचारी अभावका कारण सेवाग्राहीलाई सहज रुपमा सेवा दिन चुनौती खडा भएको बताए । चुनौतीका बीच पनि सेवाग्राहीलाई सहज रुपमा सेवा दिने वातावरण मिलाइएको उनको भनाई छ ।
यस्तै बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले आम नागरिकमा सुशासनको अभाव रहेको बताए ।
उनले सेवा प्रदायक र सेवाग्राहीबीच सहज रुपमा सेवा दिने÷लिने वातावरण र्सिजना गरिने बताए । साथ गाउँपालिकामा हरेक नागरिकको मानव अधिकार सुनिश्चित गर्ने कार्यमा आफू तत्पर रहेको बताए ।
यसैबीच कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई सम्मान गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सञ्जुकुमारी थारु र बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल र उपाध्यक्ष शारदा बिकलाई सम्मान गरिएको हो ।
मानव अधिकार एलाइन्स र इन्रुडेक बाँकेको संयुक्त आयोजनामा कार्यक्रम भएको
हो । मानव अधिकार एलाइन्स बाँके अध्यक्ष प्रभातकुमार ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा एलान्सका केन्द्रीय उपाध्यक्ष सुरेश गौतम, इन्रुडेक बाँके अध्यक्ष धर्मलाल रोकाया लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४     12:49:19 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *