18 January 2022  |   मङ्लबार, माघ ४, २०७८

व्यापारी श्रेष्ठको हत्याका ४ अनुहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १७, २०७४  

दाङ, १७ असार / अपहरणमा परेका तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न केहीलाई प्रहरीले शनीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ ।
असार २६ गते अपहरण भएका श्रेष्ठको शबलाई प्रहरीले शनिबार बीहान मात्र हत्यामा सँलग्न भएका भनिएका तुलसीपुर १२ का कमल भन्ने अबिरल महतराको बयानको आधारमा व्यापारी श्रेष्ठको शब हत्या गरेको अबस्थामा सल्यानको क्षत्रेश्वरी गाँउपालिका वार्ड नम्बर४ झिम्पेरेन्जको जँगलमा हत्या गरी ओडारमा फालेको अबस्थामा शनिबार प्रहरीले व्यापारी श्रेष्ठको शबलाई फेला पारेको बताएको छ ।
पत्रकार सम्मेलनमा अञ्चल प्रहरी प्रमुख ज्ञान बिक्रम शाहले हत्यामा सँलग्न भनिएका महतराले आफु समेत हत्याभएको स्थानमा रहेको बयान दिएको बताएका
छन् । अनुसन्धानमा सँलग्न सिआईबीका एसपी दिनेश लोहनीले पत्रकारहरुलाई जानकारी दिँदै व्यापारी श्रेष्ठको अपहरण पछि जेठ २९ गते नै हत्या गरिसकेको पाइएको बताएका छन् ।
अनुसन्धानको क्रममा श्रेष्ठको हत्याको मुख्य कारण पैसा भएको पाईयको र व्यापारी श्रेष्ठको स्वास्थ्य अबस्था कमजोर भएको र उनले केहि दिन देखी औषधी र खाना समेत खान नपाएर लडे पछि उनको अबस्था नाजुक भएर हिड्न नसक्ने भए पछी अपहरणकारीहरुले हत्या गरेको अनुसन्धान बाट खुल्न आएको प्रहरीले बताएको छ ।
मिति २०७४ जेठ २६ गते हराई सम्पर्क बिहिन भएका राजकुमार श्रेष्ठलाई सोही दिन बेलुका ५ बजेर ४५ मिनेटको समयमा जिल्ला दांग शान्तिनगर गाँउपालिका वार्ड नम्बर २ हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ बस्ने बर्ष १७ कि पुजा घर्तीले राजकुमार श्रेष्ठलाई फोन सम्पर्क गरी बोलाई अपहरणकारीहरुको योजनामा सल्यानको कपुरकोट गाँउपालिका वार्ड नम्बर ५ मेलखोला स्थीत भित्रि सडक खण्ड पुराई सोहि स्थानमा राजकुमार श्रेष्ठ सवार गाडि छोडी पैदल हिडाई जेठ २९ गते क्षत्रेश्वरी गाँउपालिका वार्ड नम्बर ४ झिम्पेरेन्जको जँगलमा हत्या गरी ओडारमा फालेको अवस्थामा प्रहरीले शनिबार व्यापारी श्रेष्ठको शव फेला पारेको बताएको छ ।
पत्रकार सम्मेलनममा जानकारी गराउदै घटनाका मुख्य योजनाकारहरु सल्यान झिम्पे ४ का बर्ष ३५ का मान बहादुर भण्डारी , जिल्ला दांग शान्तिनगर हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ का बर्ष ४० को निर्मल भन्ने टिकाराम घर्ती, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ बस्ने बर्ष १७ की पुजा घर्तीमगर र जिल्ला दांग घोराही उपमहानगरपालिका वार्ड नम्बर १४ नयाँ बजार बस्ने बर्ष ३८ की जमा पुन रहेको प्रहरीले बताएको छ । साथै फरार अभियुक्तहरुको खोजी कार्य जारी राखेको प्रहरीले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रहरीले यसरी घटना समन्धि सम्पुर्ण जानकारी दिएको छ । (तुल्सीपुर अनलाइनबाट)

प्रकाशित मितिः शनिबार, असार १७, २०७४     12:29:57 PM  |