20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बागिनाले मनायो बार्षिकोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

कोहलपुर, ३० जेष्ठ / कोहलपुरस्थित कोहलपुर बागिना कला केन्द्रले सोमबार प्रथम बार्षिकोत्सव मनाएको छ । बागिनाले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु पनि देखाइएको थियो । साथै कार्यक्रममा केन्द्रको वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
कोहलपुर बागिना कला केन्द्रका अध्यक्ष गणेश विष्टको सभापतित्वमा भएको कार्यक्रममा यूवा अभियान नेपालका अध्यक्ष नवराज उपाध्याय, नेपाल नागरिक समाजका उपाध्यक्ष तिलक बि.सी. लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     1:09:30 PM  |