20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

माओवादी केन्द्रको बर्दियामा चुनावी अभियान तीव्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४  

कोहलपुर, २८ जेष्ठ /  नेकपा माओवादी केन्द्रले बर्दियाका विभिन्न स्थानमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । यसैबीच बाँसगढी नगरपालीकामा घरदैलो अभियान सँगै विभिन्न चुनाबी गतिविधीलाई तिब्र पारेको छ ।
नेकपा माओबादीले बाँसगढीमा नगर, वडा तथा गाँउ टोलमा वाई.सि.एल गठन गरी क्रियाशिल बनाएको छ । त्यस्तै बिहानी जनसाँस्कृती कलाकार समूह गठन गरी चुनावी अभियानमा उतारेको छ । माओवादी केन्द्रले शनिबार देखि बाँसगढी नगरपालिका वडा नम्बर ३ को महादेवाबाट दोस्रो चुनाबी अभियान अन्तगर्त चुनाबी सभा तथा साँस्कृतीक कार्यक्रम सुरु गरेको छ । घरदैलोमा बाँसगढी नगरपालिकाका मेयरका उम्मेद्वार बिनाराम थारु(बिकल्प), उपमेयरका उम्मेद्वार भूमि बिक सहितको टोली रहेको छ ।
यस्तै गुलरिया नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार गेहन्द्रप्रसाद ढकालको नेतृत्वमा उपमेयर पदका उम्मेदवार मोहनकुमारी फुयाल र वडा अध्यक्ष तथा सदस्यहरुले शनिबार गुलरियामा बाजागाजाका साथ ¥याली तथा घरदैलो एवं मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४     12:36:55 PM  |